राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
रास्वपा सहमहामन्त्री असिम शाहका अनुसार मन्त्री र आमनागरिकबीच प्रत्यक्ष संवाद गराई जनउत्तरदायी राजनीतिक संस्कार विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
कार्यक्रमअन्तर्गत रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक केन्द्रीय कार्यालयमा उपस्थित हुनुपर्नेछ। कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ।
पहिलो चरणमा बेलुका ५ देखि ६ बजेसम्म नागरिक संवाद हुनेछ, जहाँ सर्वसाधारणले मन्त्रीसमक्ष आफ्ना गुनासा, अपेक्षा र सुझाव प्रत्यक्ष राख्न सक्नेछन्।
त्यसपछि दोस्रो चरणमा मन्त्री, केन्द्रीय सदस्य र सांसदबीच नेतृत्व संवाद हुनेछ। नागरिकबाट प्राप्त सुझाव तथा समसामयिक नीतिगत विषयमा छलफल गरी पार्टीको धारणा तय गरिने रास्वपाले जनाएको छ।










Discussion about this post