काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेशप्रसाद काफ्लेले सडक दुर्घटना न्यूनीकरणका लागि प्रविधिमैत्री ‘फेसलेस ट्राफिक’ प्रणालीमा जानुपर्ने बताएका छन्।
उनले मादक पदार्थ तथा लागुऔषध सेवन, तीव्र गति र सडक अनुशासन उल्लंघन दुर्घटनाका प्रमुख कारण रहेको बताए। ट्राफिक व्यवस्थापनमा इन्जिनियरिङ, एजुकेसन र इन्फोर्समेन्ट तीनै पक्ष प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।
काफ्लेले ट्राफिक प्रहरीको प्राथमिकता जरिवाना असुल्नु नभई दुर्घटना न्यूनीकरण भएको स्पष्ट गर्दै नागरिकसँग रुखो व्यवहार नगर्न निर्देशन दिए। विद्यालय तहदेखि नै ट्राफिक शिक्षा लागू गर्नुपर्नेमा समेत उनले जोड दिए।








Discussion about this post