Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विद्यार्थीको रोजाइ बन्दै घटाल बहुमुखी क्याम्पस, यस वर्ष १०० भन्दा बढी भर्ना हुने अपेक्षा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १५, २०८३
विद्यार्थीको रोजाइ बन्दै घटाल बहुमुखी क्याम्पस, यस वर्ष १०० भन्दा बढी भर्ना हुने अपेक्षा
0
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

बेदकोट, कञ्चनपुर,। त्रिभुवन विश्वविद्यालयबाट वि.सं. २०६७ सालमा सम्बन्धन प्राप्त गरेको घटाल बहुमुखी क्याम्पस पछिल्ला केही वर्षयता निरन्तर शैक्षिक सुधार तथा विद्यार्थीमैत्री कार्यक्रममार्फत जिल्लाकै उदीयमान सामुदायिक क्याम्पसका रूपमा स्थापित हुँदै गएको छ।

कोभिड–१९ महामारीका कारण केही समय क्याम्पसको शैक्षिक गतिविधि प्रभावित भई सञ्चालन रोकिए पनि वि.सं. २०८० सालदेखि पुनः नियमित रूपमा सञ्चालनमा आएको क्याम्पसले छोटो अवधिमै उल्लेखनीय प्रगति हासिल गरेको छ। पुनः सञ्चालन भएको पहिलो वर्ष २०८० मा २२ जना, २०८१ मा ६५ जना र २०८२ मा ७१ जना विद्यार्थी BBS कार्यक्रममा भर्ना भएका थिए। चालु शैक्षिक सत्र २०८३ मा हालसम्म ४० जना नियमित विद्यार्थी भर्ना भइसकेका छन् भने भर्ना प्रक्रिया अझै जारी रहेको क्याम्पसले जनाएको छ।

क्याम्पस प्रमुख देवदत्त पन्तका अनुसार यस वर्ष १०० भन्दा बढी विद्यार्थी भर्ना हुने अपेक्षा गरिएको छ। उहाँले भन्नुभयो, “विद्यार्थी र अभिभावकबाट क्याम्पसप्रति सकारात्मक विश्वास बढ्दै गएको छ। भर्ना प्रक्रिया जारी रहेकाले यस वर्ष १०० भन्दा बढी विद्यार्थी भर्ना हुनेमा हामी विश्वस्त छौँ।”

उहाँका अनुसार यस वर्षदेखि BBS कार्यक्रमलाई BBA सरह सूचना प्रविधिमैत्री (IT-based) तथा व्यावहारिक शिक्षण प्रणालीमा रूपान्तरण गर्ने नीति अवलम्बन गरिएको छ। डिजिटल कक्षा, मल्टिमिडिया शिक्षण, प्रस्तुतीकरणमा आधारित सिकाइ, परियोजना कार्य तथा कम्प्युटर प्रविधिको प्रभावकारी प्रयोगमार्फत विद्यार्थीलाई आधुनिक बजारको आवश्यकता अनुरूप दक्ष बनाउने लक्ष्य क्याम्पसले लिएको छ।

यसै शैक्षिक सत्रदेखि BBS को अध्ययन सुडा र सामादैजी दुवै केन्द्रबाट सञ्चालन गरिने व्यवस्था गरिएको छ। यसबाट बेदकोट नगरपालिकाका विभिन्न वडाका साथै आसपासका क्षेत्रका विद्यार्थीले आफ्नो पायक पर्ने स्थानबाट गुणस्तरीय उच्च शिक्षा अध्ययन गर्न सक्ने अपेक्षा गरिएको छ।

क्याम्पसले आगामी वि.सं. २०८४ सालदेखि आफ्नै बस सेवा सञ्चालन गर्ने योजना समेत सार्वजनिक गरेको छ। बस सेवा सञ्चालन भएपछि बेदकोट नगरपालिकाभन्दा बाहिरका विद्यार्थीलाई समेत सहज तथा सुरक्षित यातायात सुविधा उपलब्ध गराई उच्च शिक्षामा पहुँच विस्तार गर्ने लक्ष्य रहेको क्याम्पस प्रमुख पन्तले बताउनुभयो।

उहाँले आगामी दिनमा गुणस्तरीय शिक्षा, आधुनिक प्रविधि, अनुशासित शैक्षिक वातावरण तथा रोजगारमुखी शिक्षण प्रणालीमार्फत घटाल बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट सामुदायिक क्याम्पसका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

क्याम्पस प्रशासनले भर्ना प्रक्रिया अझै जारी रहेकाले उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई समयमै भर्ना भई क्याम्पसले प्रदान गर्ने गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षाको अवसर उपयोग गर्न आग्रह गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

महाकाली मोडर्न प्रिमियर लिगको तेस्रो संस्करण सुरु
शिक्षा

महाकाली मोडर्न प्रिमियर लिगको तेस्रो संस्करण सुरु

अशोज ३, २०८३
शिक्षा सुधार अभियान रोक्न भ्रामक प्रचारले नसक्ने मन्त्री पोखरेलको दाबी
फ्ल्यास हेडिङ

शिक्षा सुधार अभियान रोक्न भ्रामक प्रचारले नसक्ने मन्त्री पोखरेलको दाबी

भदौ २८, २०८३
विद्यालय शिक्षा विधेयकका लागि सरोकारवालाको सुझाव निःशुल्क शिक्षा र शिक्षक सेवासुविधामा जोड
फ्ल्यास हेडिङ

विद्यालय शिक्षा विधेयकका लागि सरोकारवालाको सुझाव निःशुल्क शिक्षा र शिक्षक सेवासुविधामा जोड

भदौ ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महाकाली मोडर्न प्रिमियर लिगको तेस्रो संस्करण सुरु

महाकाली मोडर्न प्रिमियर लिगको तेस्रो संस्करण सुरु

अशोज ३, २०८३
प्रहरी कार्यालय पुगेर महाकाली मोडर्नका विद्यार्थीले लिए प्रहरी सेवाबारे जानकारी

प्रहरी कार्यालय पुगेर महाकाली मोडर्नका विद्यार्थीले लिए प्रहरी सेवाबारे जानकारी

अशोज ३, २०८३
क्यानडा–ईयू सहकार्य प्रस्तावमा ट्रम्पको भन्सार चेतावनी

क्यानडा–ईयू सहकार्य प्रस्तावमा ट्रम्पको भन्सार चेतावनी

अशोज २, २०८३
सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग ३–० ले पराजित

सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग ३–० ले पराजित

अशोज २, २०८३
बटलरले बनाए टी–२० क्रिकेटमा १५ हजार रनको कीर्तिमान

बटलरले बनाए टी–२० क्रिकेटमा १५ हजार रनको कीर्तिमान

अशोज २, २०८३
प्रधानमन्त्री बालेन र जेन्जी सांसदबीच समसामयिक विषयमा छलफल

प्रधानमन्त्री बालेन र जेन्जी सांसदबीच समसामयिक विषयमा छलफल

अशोज २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व