ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तनाका आकिहिकोबीच नेपालको ऊर्जा तथा पूर्वाधार विकासमा सहकार्यका विषयमा छलफल भएको छ।
मन्त्री श्रेष्ठले ऊर्जा, सिँचाइ तथा नागढुङ्गा सुरुङमार्ग निर्माणमा जाइकाले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै ‘क्लिन एन्ड ग्रिन इनर्जी’ प्रवर्द्धन र नलगाड जलविद्युत् आयोजनालगायत नयाँ परियोजनामा सहकार्यको आग्रह गरेका छन्।
भेटमा जाइका अध्यक्ष आकिहिकोले तनहुँ जलविद्युत् आयोजनाको समस्या समाधानमा सहयोगको अपेक्षा व्यक्त गर्दै नेपालको ऊर्जा क्षेत्रमा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको बताएका छन्।










Discussion about this post