देशमा बेलुकीको ‘पिक आवर’मा विद्युत्को अधिकतम माग ३ हजार २४८ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार आन्तरिक उत्पादन पर्याप्त भएकाले भारतबाट कुनै पनि विद्युत् आयात गरिएको छैन। बरु अतिरिक्त विद्युत् भारततर्फ निर्यात भइरहेको छ।
देशको कुल ऊर्जा माग ७३ हजार ६२९ मेगावाट घण्टा पुगेकोमा २२ हजार १०२ मेगावाट घण्टा विद्युत् भारत निर्यात गरिएको छ। निजी क्षेत्रले सबैभन्दा बढी ४७ हजार ५६३ मेगावाट घण्टा विद्युत् राष्ट्रिय प्रणालीमा आपूर्ति गरेको छ।
प्राधिकरणले वर्षायाममा उत्पादन बढेकाले आन्तरिक माग पूरा गर्दै विद्युत् निर्यात गर्न सफल भएको जनाएको छ। साथै, सम्भावित विपद् वा प्राविधिक समस्या समाधानका लागि सातै प्रदेशमा प्राविधिक टोली २४सै घण्टा तयारी अवस्थामा राखिएको पनि जानकारी दिएको छ।









Discussion about this post