शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव २८ अंकले घटेर २ हजार ७०१ दशमलव ३२ विन्दुमा झरेको छ।
आज बैंक र म्युचुअल फन्डबाहेक सबै समूहका उपसूचक घटेका छन्। होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार समूह २ प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन्।
आज २३४ कम्पनीको शेयर बढ्दा ३६ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ। नेप्से घटेको दिन कारोबार रकम पनि घटेर ६ अर्ब ८ करोड रुपैयाँमा सीमित भएको छ।










Discussion about this post