कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालित प्रतिष्ठित शैक्षिक संस्था ‘थर्ड आई करियर डेभलपमेन्ट सेन्टर’ ले नेपाल प्रहरीको परीक्षामा अन्तिम नाम निकाल्न सफल परीक्षार्थीहरूलाई बधाई तथा बिदाइ गरेको छ। सेन्टरले बुधबार आफ्नै कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी उत्तीर्ण विद्यार्थीहरूलाई अबिर र खादा लगाएर बिदाइ गरेको हो।
विगत लामो समयदेखि सुरक्षा निकायका विभिन्न पदहरूका साथै लोकसेवा आयोगका विभिन्न सेवा-समूहका लागि तयारी कक्षाहरू सञ्चालन गर्दै आएको यस सेन्टरमा हाल लोकसेवा आयोगद्वारा लिइने लिखित परीक्षा तथा शारीरिक योग्यता (फिजिकल) का कक्षाहरू प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन्। दक्ष विषयविज्ञ तथा अनुभवी प्रशिक्षकहरूद्वारा नियमित रूपमा सहजीकरण गराइँदै आएकाले यहाँ अध्ययनरत विद्यार्थीहरूले निरन्तर सफलता हासिल गरिरहेको सेन्टरले जनाएको छ।
बिदाइ कार्यक्रममा बोल्दै सेन्टरका सञ्चालक चेत राज पन्तले कडा परिश्रम, निरन्तरको अभ्यास र सही मार्गदर्शनका कारण विद्यार्थीहरू सफलताको शिखरमा पुग्न सफल भएको बताउनुभयो। संस्थाको मुख्य लक्ष्य नै निजामती सेवा तथा सुरक्षा निकायहरूका लागि योग्य, सक्षम र दक्ष जनशक्ति उत्पादन गर्नु रहेको बताउनुभयो। सेन्टरले केवल सैद्धान्तिक ज्ञान र किताबमा मात्र सीमित नरही विद्यार्थीहरूलाई मैदानमै उतारेर प्रयोगात्मक रूपमा शारीरिक अभ्यास, दौड, खेलकुद तथा कडा अनुशासनका पाठहरूसमेत सिकाउँदै आएको उहाँको भनाइ रहेको छ।
आगामी दिनहरूमा पनि निजामती तथा सुरक्षा निकायमा प्रवेश गर्न चाहने युवाहरूका लागि उनीहरूको माग र आवश्यकतालाई मध्यनजर गर्दै अझ गुणस्तरीय, प्रविधिमैत्री, उत्प्रेरणात्मक र प्रभावकारी कक्षाहरूलाई निरन्तरता दिइने प्रतिबद्धता सेन्टरले व्यक्त गरेको छ।







Discussion about this post