सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।
२१३औँ भानुजयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आदिकवि भानुभक्त आचार्यको योगदानलाई स्मरणमा मात्र सीमित नराखी त्यसलाई व्यवहारमा उतार्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउनुपर्नेमा जोड दिए।
सभामुख अर्यालले आधुनिक प्रविधि र विश्वव्यापी प्रतिस्पर्धाको समयमा मौलिक भाषा, संस्कृति र पहिचान जोगाउनु चुनौतीपूर्ण रहेकाले युवा पुस्तालाई नेपाली साहित्यतर्फ आकर्षित गर्न आवश्यक रहेको बताए। उनले सृजनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्दै भानुभक्तका आदर्शलाई समयअनुकूल अघि बढाउनुपर्ने धारणा राखे।
कार्यक्रममा नेपाली साहित्य र संस्कृतिमा विशिष्ट योगदान पुर्याएका वरिष्ठ साहित्यकार महेश्वर शर्मा र संस्कृतिविद् डा. आना एम सिस्टरलाई सम्मान गरिएको थियो।










Discussion about this post