नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
यस अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरस्थित भानुभक्तको प्रतिमामा माल्यार्पणसहित विशेष कार्यक्रम आयोजना गरिएको छ। वि.सं. १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तले संस्कृत भाषाको रामायणलाई नेपालीमा भावानुवाद गरी नेपाली भाषा र साहित्यमा अतुलनीय योगदान पुर्याएका थिए।
‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’ र ‘रामगीता’ लगायत उनका कृतिहरू नेपाली साहित्यका महत्वपूर्ण सम्पदा मानिन्छन्। भानुजयन्ती नेपालका साथै भारत, भुटान, म्यानमार (बर्मा) लगायत नेपाली भाषी समुदाय रहेका विभिन्न स्थानमा पनि मनाइँदै आएको छ।










Discussion about this post