Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भीमदत्त र वेदकोटका विपद् व्यवस्थापन समितिलाई प्रशिक्षण

प्रकाश भट्ट by प्रकाश भट्ट
जेष्ठ २७, २०८३
भीमदत्त र वेदकोटका विपद् व्यवस्थापन समितिलाई प्रशिक्षण
0
SHARES
96
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त र वेदकोट नगरपालिकामा क्रियाशील सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूलाई ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१’ सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ।

बुधबार एनएनएसडब्लुए कञ्चनपुरको सभाकक्षमा उक्त अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। विपद्को समयमा दिइने राहत र सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई अझ बढी व्यवस्थित, पारदर्शी र परिपक्व बनाउने उद्देश्यका साथ एनएनएसडब्लुए र डीसीए नेपालद्वारा संयुक्त रूपमा सञ्चालित ‘सुदृढ’ परियोजना अन्तर्गत उक्त कार्यक्रम गरिएको हो।

कार्यशालामा विपद् प्रभावितहरूका लागि व्यवस्थित राहत र पहुँच सुनिश्चितता, एकीकृत प्रणालीको विकास, तथा संकटको समयमा समयमै राहत उपलब्ध गराउने विषयमा सघन छलफल गरिएको थियो। यसका साथै वास्तविक लाभग्राहीको वैज्ञानिक पहिचान गर्ने, सामाजिक सुरक्षा कार्यक्रमलाई विपद्‌को घडीमा अधिकतम उपयोग गर्ने, देशभर राहत वितरणमा एकरूपता र पारदर्शिता कायम गर्ने, सीमित स्रोत र साधनको अधिकतम एवम् न्यायोचित वितरण गर्ने तथा राहत वितरण प्रक्रियामा उत्तरदायित्व अभिवृद्धि गर्ने जस्ता महत्त्वपूर्ण सैद्धान्तिक र व्यावहारिक विषयमा सुदृढ परियोजनाका पूर्वसूचना तथा पूर्वकार्य अधिकृत भोजराज भट्टले विस्तृत रूपमा प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणका क्रममा उहाँले नयाँ मापदण्ड, २०८१ ले विपद् व्यवस्थापन र राहत वितरणलाई स्थानीय तहदेखि नै कसरी जिम्मेवार र त्रुटिरहित बनाउन सहयोग गर्छ भन्नेबारे विस्तृत जानकारी गराउनुभएको थियो।

एनएनएसडब्लुएका निमित्त कार्यकारी प्रमुख विनोद विक्रम जैरुले विपद्को समयमा हचुवाको भरमा भन्दा पनि वैज्ञानिक र कानुनी मापदण्डका आधारमा काम गर्दा वास्तविक पीडितले समयमै न्याय पाउने बताउनुभयो। उहाँले स्थानीय तह र सामुदायिक विपद् व्यवस्थापन समितिहरूले यो मापदण्डलाई आत्मसात् गरेमा सीमित स्रोत साधनबाट पनि प्रभावित क्षेत्रमा अधिकतम र न्यायपूर्ण कार्य गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

सुदृढ परियोजनाकी सामाजिक परिचालिका अनिता लावडले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

मनसुन बाहिरिने समयमा फेरि सक्रिय
फ्ल्यास हेडिङ

देशका अधिकांश भागमा वर्षाको सम्भावना

साउन १५, २०८३
कञ्चनपुरमा आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूको समन्वयात्मक बैठक: मनसुन पूर्वतयारी र पूर्वकार्यमा जोड
वातावरण

कञ्चनपुरमा आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूको समन्वयात्मक बैठक: मनसुन पूर्वतयारी र पूर्वकार्यमा जोड

असार ३२, २०८३
दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास
देश/राष्ट्रिय

दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास

असार २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
दोधारा चाँदनी नगरपालिकामा बैंक तथा वित्तीय संस्थासँग समन्वय बैठक सम्पन्न

दोधारा चाँदनी नगरपालिकामा बैंक तथा वित्तीय संस्थासँग समन्वय बैठक सम्पन्न

साउन २१, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

दुई दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार

साउन २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

साउन २०, २०८३
निगमको निर्णय : आजदेखि १४.२ केजीका पूर्ण ग्यास सिलिन्डर बजारमा

ग्यास अभाव हटाउन आयल निगमले बनायो ‘क्विक रेस्पोन्स टिम’

साउन २०, २०८३
तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत, विद्यार्थीका लागि शुल्क घटाइयो

तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत, विद्यार्थीका लागि शुल्क घटाइयो

साउन २०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व