Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चुरे गाउँपालिकामा ‘अर्ली एक्सन फ्रेमवर्क’ सम्बन्धी सुझाव संकलन बैठक सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
जेष्ठ २२, २०८३
चुरे गाउँपालिकामा ‘अर्ली एक्सन फ्रेमवर्क’ सम्बन्धी सुझाव संकलन बैठक सम्पन्न
0
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । कैलालीको चुरे गाउँपालिकामा सम्भावित बाढी तथा अन्य जलवायुजन्य विपद्‌बाट हुने क्षति न्यूनीकरणका लागि ‘ट्रिगर’, ‘थ्रेसहोल्ड’ र ‘पूर्वकार्य खाका’ मस्यौदा प्रस्तुतिकरण तथा सुझाव संकलन बैठक सफलतापूर्वक सम्पन्न भएको छ।

मर्सीकोर नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) र द कोकाकोला फाउन्डेसनद्वारा संयुक्त रूपमा सञ्चालित ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण’ (सान) परियोजना अन्तर्गत उक्त बैठक आयोजना गरिएको हो। पहाडी र तल्लो तटीय क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै चुरे क्षेत्रमा विपद् आउनुपूर्व नै चालिनुपर्ने कदमहरूलाई संस्थागत गर्न यो पहल थालिएको हो।

चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीको अध्यक्षतामा सम्पन्न बैठकमा गाउँपालिकाका विभिन्न विषयगत शाखाका प्रमुखहरू, वडा अध्यक्षहरू, विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। बैठकमा चुरेको भौगोलिक अवस्था, विगतका विपद्‌का घटना र आगामी मनसुनमा अपनाउनुपर्ने सतर्कताबारे विस्तृत मस्यौदामाथि छलफल भएको थियो।

मर्सीकोर नेपालका एन्टीसिपेटरी एक्सन स्पेसलिष्ट जगदीश डोटेलले विपद् आउनु अगावै प्राप्त हुने मौसमको पूर्वसूचनालाई सिधै जीवन रक्षा र क्षति न्यूनीकरणको ठोस कार्यमा बदल्न यो फ्रेमवर्क ल्याइएको बताउनुभयो। यसैको प्रभावकारी कार्यान्वयनका लागि अहिले ‘ट्रिगर’ हरूको मेकानिजम र ‘थ्रेसहोल्ड’ हरूसँग जोडिएको पूर्वकार्य कार्यविधि निर्माण भइरहेको जानकारी उहाँले दिनुभयो। पूर्वानुमानमा आधारित यो प्रतिकार्य प्रणालीलाई तल्लो तहसम्म संस्थागत गर्न पालिकादेखि समुदायसम्म एउटा स्पष्ट नियम र आपसी समझदारी हुन जरुरी रहेको उल्लेख गर्दै उहाँले चुरे गाउँपालिकाले यसलाई आफ्नै नीतिका रूपमा लागू गरेर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

सान परियोजनाका संयोजक देवराज बडुले चुरे गाउँपालिकाको भौगोलिक बनावटका कारण पहिरो र आकस्मिक बाढीको जोखिम उच्च रहने भएकाले पूर्वानुमानलाई समुदायको पूर्वकार्यसँग जोड्नुपर्नेमा जोड दिनुभयो। उहाँले यस फ्रेमवर्कले विपद् आउनु अगावै बजेट, जनशक्ति र राहत सामग्री सही स्थानमा परिचालन गर्न पालिकालाई मार्गनिर्देशन गर्ने बताउनुभयो।

चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले जलवायु परिवर्तनका कारण चुरे क्षेत्रले वर्षेनी ठूलो क्षति ब्यहोर्दै आएकाले परम्परागत उद्धार र राहतको ढङ्गलाई बदलेर पूर्वतयारीमा लाग्नुको विकल्प नरहेको बताउनुभयो। उहाँले परियोजनाले तयार पारेको ‘अर्ली एक्सन फ्रेमवर्क’ मस्यौदा चुरे गाउँपालिकाका लागि निकै उपयोगी रहेको उल्लेख गर्दै यसलाई तत्काल परिमार्जन गरी पालिकाको आफ्नै नीति र कार्यविधिका रूपमा स्वीकृत गरेर कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अध्यक्ष बोगटीले विपद् व्यवस्थापनलाई कागजमा मात्र सीमित नराखी प्रत्येक वडा र टोल तहसम्म पुर्‍याउन पालिकाका सबै शाखा र वडा अध्यक्षहरूलाई सक्रियताका साथ लाग्न निर्देशन समेत दिनुभयो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

मनसुन बाहिरिने समयमा फेरि सक्रिय
फ्ल्यास हेडिङ

देशका अधिकांश भागमा वर्षाको सम्भावना

साउन १५, २०८३
कञ्चनपुरमा आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूको समन्वयात्मक बैठक: मनसुन पूर्वतयारी र पूर्वकार्यमा जोड
वातावरण

कञ्चनपुरमा आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूको समन्वयात्मक बैठक: मनसुन पूर्वतयारी र पूर्वकार्यमा जोड

असार ३२, २०८३
दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास
देश/राष्ट्रिय

दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास

असार २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
दोधारा चाँदनी नगरपालिकामा बैंक तथा वित्तीय संस्थासँग समन्वय बैठक सम्पन्न

दोधारा चाँदनी नगरपालिकामा बैंक तथा वित्तीय संस्थासँग समन्वय बैठक सम्पन्न

साउन २१, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

दुई दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार

साउन २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

साउन २०, २०८३
निगमको निर्णय : आजदेखि १४.२ केजीका पूर्ण ग्यास सिलिन्डर बजारमा

ग्यास अभाव हटाउन आयल निगमले बनायो ‘क्विक रेस्पोन्स टिम’

साउन २०, २०८३
तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत, विद्यार्थीका लागि शुल्क घटाइयो

तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत, विद्यार्थीका लागि शुल्क घटाइयो

साउन २०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व