Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बाढीको पूर्वतयारी स्वरूप महाकाली तटीय क्षेत्रमा संयुक्त कृत्रिम नमूना अभ्यास

प्रकाश भट्ट by प्रकाश भट्ट
जेष्ठ १४, २०८३
बाढीको पूर्वतयारी स्वरूप महाकाली तटीय क्षेत्रमा संयुक्त कृत्रिम नमूना अभ्यास
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । वर्षायाम सुरु हुनै लाग्दा बाढीको उच्च जोखिममा रहेको कञ्चनपुरको महाकाली नदीमा सुरक्षा निकाय र विभिन्न संघसंस्थाहरूको सहकार्यमा बाढी विपद् पूर्वतयारी संयुक्त कृत्रिम नमूना अभ्यास प्रदर्शन गरिएको छ। भीमदत्त नगरपालिकास्थित महाकाली नदीको तटीय क्षेत्रमा श्री वराहदल गुल्म भगतपुर ब्यारेकको आयोजनामा संयुक्त अभ्यास प्रदर्शन गरिएको हो।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर कञ्चनपुर, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), निड्स नेपाल र नेपाल रेडक्रस सोसाइटी लगायतका विभिन्न सरोकारवाला संघसंस्थाहरूको सक्रिय सहकार्यमा यो अभ्यास सम्पन्न भएको हो। अभ्यासमा स्थानीय तहका प्रतिनिधि, उत्थानशील युवा सञ्जाल र सामुदायिक विपद् व्यावस्थापन समितिका प्रतिनिधिको समेत सहभागिता रहेको थियो।

वर्षेनी आउने बाढीका कारण नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति बेहोर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै, विपद्को समयमा कसरी सुरक्षित रहने र क्षति न्यूनीकरण कसरी गर्ने भन्नेबारे सर्वसाधारणमा जनचेतना जगाउने उद्देश्यले यो अभ्यास प्रदर्शन गरिएको हो।जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराको प्रमुख आतिथ्यता तथा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा बाढी तथा प्राकृतिक प्रकोपको बेला जोखिममा परेका व्यक्तिहरूलाई जल सुरक्षाका आधुनिक साधन प्रयोग गरी कसरी उद्धार गर्ने, धनजनको क्षति कम गर्न कसरी सावधानी अपनाउने र घाइतेहरूलाई तत्काल प्राथमिक उपचार दिई कसरी सुरक्षित रूपमा अस्पतालसम्म पुर्‍याउने भन्नेबारे प्रत्यक्ष नमूना प्रदर्शन गरिएको थियो।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जिल्लामा भविष्यमा घट्न सक्ने प्राकृतिक तथा मानव सिर्जित विपद्का घटनाहरूलाई समयमै सम्बोधन गर्न यस कार्यक्रमले ठूलो सहयोग पुर्‍याउने बताउनुभयो। उहाँले विपद्का घटना जुनसुकै बेला पनि घट्न सक्ने भएकाले सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह र नागरिक समाज सबैले सघन सहकार्य र समन्वय गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।

साथै, प्रमुख जिल्ला अधिकारी कोइरालाले यस नमूना अभ्यासको मुख्य उद्देश्य नै स्थानीय प्रशासन, सुरक्षा निकाय र अन्य सरोकारवाला निकायहरूबीचको समन्वय, सहकार्य र तत्परतालाई थप सुदृढ बनाउनु रहेको उल्लेख गर्नुभयो। उहाँले यस अभ्यासले वास्तविक विपद्को समयमा कसरी छिटो, सुरक्षित र प्रभावकारी ढङ्गले प्रतिकार्य गर्ने भन्ने विषयमा सरोकारवालाहरूलाई व्यावहारिक ज्ञान र अनुभव आदान-प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

मनसुन सुरु हुनुपूर्व महाकाली नदीको किनारमै पुगेर गरिएको यस किसिमको संयुक्त अभ्यासले जिल्लाको समग्र आपतकालीन उद्धार प्रणालीलाई थप चुस्त र तयारी अवस्थामा राख्न मद्दत पुर्‍याउने विश्वास लिइएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू, सामाजिक संघसंस्थाका प्रतिनिधि र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, यी जिल्लामा बाढी–पहिरोको उच्च जोखिम
फ्ल्यास हेडिङ

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, यी जिल्लामा बाढी–पहिरोको उच्च जोखिम

अशोज ६, २०८३
घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी
फ्ल्यास हेडिङ

घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी

अशोज १, २०८३
चार हिमताल अति उच्च जोखिममा
फ्ल्यास हेडिङ

चार हिमताल अति उच्च जोखिममा

भदौ २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

अशोज ६, २०८३
सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

अशोज ६, २०८३
जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

अशोज ६, २०८३
महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

अशोज ६, २०८३
परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

अशोज ६, २०८३
भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

अशोज ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व