Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा अत्यधिक गर्मी बढेपछि निःशुल्क चिसो पानी वितरण

प्रकाश भट्ट by प्रकाश भट्ट
जेष्ठ १०, २०८३
कञ्चनपुरमा अत्यधिक गर्मी बढेपछि निःशुल्क चिसो पानी वितरण
0
SHARES
80
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर सहित यस क्षेत्रमा अत्यधिक गर्मी बढेसँगै बजार क्षेत्रमा आवतजावत गर्ने नागरिकहरूलाई लक्षित गरी निःशुल्क चिसो पिउने पानी वितरण गरिएको छ। उत्थानशील युवा सञ्जालको आयोजनामा महेन्द्रनगरको मदन चोकमा आवतजावत गर्ने सर्वसाधारणहरूलाई चिसो पानी वितरण गरिएको हो।

केही दिन यता बढेको अत्यधिक गर्मी र तातो हावा (लु) का कारण जनजीवन कष्टकर बनिरहेका बेला युवाहरूले निःशुल्क चिसो पिउने पानी वितरण गर्न थालेका हुन्। उक्त सामाजिक कार्यका लागि भीमदत्त नगरपालिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपालले आवश्यक समन्वय तथा सहयोग गरेका छन्।

स्थानीय सरकार र सरोकारवाला संघसंस्थाहरूको समन्वयमा युवाहरूले गरेको यस कार्यले अत्यधिक गर्मीमा सडकमा निस्कन बाध्य नागरिकहरूलाई तत्काल ठूलो राहत पुर्‍याएको छ। विशेष गरी गर्मीका कारण डिहाइड्रेशनको जोखिममा रहने मजदुर र सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै युवाहरूले यो अग्रसरता देखाएका हुन्। पिउने पानी वितरण कार्यक्रममा उत्थानशील युवा सञ्जालका प्रतिनिधिहरू तथा सहयोगी संस्थाहरूका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

भीमदत्त नगरपालिकाका विपद् सम्पर्क व्यक्ति मनोज प्रसाद भट्टले जलवायु परिवर्तनको प्रत्यक्ष असर स्थानीय स्तरमा देखिन थालेको र अत्यधिक गर्मी तथा ‘लु’ पनि एक किसिमको ठूलो विपद् भएकाले यसको सामना गर्न स्थानीय सरकार मात्र नभई समुदाय र युवाहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो। उहाँले नगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि विभिन्न पूर्वतयारीका कार्यहरू अगाडि बढाइरहेको सन्दर्भमा युवा सञ्जालले बजार क्षेत्रमा खटिएर गरेको यो मानवीय कार्य निकै प्रशंसनीय र उदाहरणीय रहेको उल्लेख गर्नुभयो।

स्थानीय ई. बिबेक पन्तले अत्यधिक गर्मी बढेको बेला यसरी निःशुल्क चिसो पिउने पानी वितरण गर्नु सराहनीय रहेको बताउनुभयो। उहाँले युवाहरूले संकटको समयमा देखाएको यो मानवीय भावनाको कदर गर्दै उत्थानशील युवा सञ्जाल लगायत सरोकारवाला सबैमा धन्यवाद ज्ञापन गर्नुभयो।

उत्थानशील युवा सञ्जालकी सदस्य रेजिना पाल्पालीले यस क्षेत्रमा अत्यधिक गर्मी बढेसँगै बजार क्षेत्रमा आवतजावत गर्ने नागरिकहरूलाई लक्षित गरी निःशुल्क चिसो पिउने पानी वितरण गरिएको बताउनुभयो। उहाँले गर्मीको प्रकोप अझै रहने देखिएकाले यो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने जानकारी दिनुभयो।

त्यस्तै, सुदृढ परियोजनाका संयोजक राजकुमारले केही दिनयता अत्यधिक गर्मी बढेसँगै सडकमा हिँड्ने यात्रु, रिक्सा चालक र दैनिक ज्यालादारी गर्ने मजदुरहरू सबैभन्दा बढी प्रभावित भएको बताउनुभयो। उहाँले यस्तो जोखिमपूर्ण मौसममा जनस्वास्थ्यको रक्षाका लागि पूर्वकार्य र राहतका गतिविधिहरू आवश्यक रहेकाले युवाहरूको यो कदममा संस्थाले समन्वय गरेको उल्लेख गर्नुभयो।

गर्मीको समयमा बजार क्षेत्रमा स्वच्छ र चिसो पिउने पानीको अभाव झेल्नुपर्ने अवस्थालाई कम गर्न युवाहरूले चालेको यो कदमको स्थानीय स्तरमा निकै प्रशंसा भइरहेको छ। आगामी दिनहरूमा पनि गर्मीको प्रकोप हेरेर यस्ता राहतमूलक र सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिइने सञ्जालले जनाएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी
फ्ल्यास हेडिङ

घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी

अशोज १, २०८३
चार हिमताल अति उच्च जोखिममा
फ्ल्यास हेडिङ

चार हिमताल अति उच्च जोखिममा

भदौ २९, २०८३
महासभामा प्रधानमन्त्री शाहले उठाउनेछन् जलवायु न्यायको मुद्दा
फ्ल्यास हेडिङ

महासभामा प्रधानमन्त्री शाहले उठाउनेछन् जलवायु न्यायको मुद्दा

भदौ २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

अशोज ५, २०८३
सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

अशोज ५, २०८३
ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३
प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

अशोज ५, २०८३
८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

अशोज ५, २०८३
बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना

बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना

अशोज ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व