Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीको उदयदेव स्वास्थ्य सेवा केन्द्रलाई एसबिआई बैंकको स्वास्थ्य सामग्री सहयोग

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ९, २०८३
बैतडीको उदयदेव स्वास्थ्य सेवा केन्द्रलाई एसबिआई बैंकको स्वास्थ्य सामग्री सहयोग
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–५ स्थित उदयदेव आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई नेपाल एसबिआई बैंक शिवनाथ शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेको छ ।

स्वास्थ्य सेवा केन्द्रले भिडियो एक्सरे मेसिन उपलब्ध गराइदिन पेश गरेको प्रस्तावलाई स्वीकृत गर्दै बैंकले एक विशेष कार्यक्रमका बीच उक्त मेसिन हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै एसबिआई बैंक शिवनाथ शाखाका शाखा प्रबन्धक मनिश भट्टराईले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रम वडा नं. ५ का वडा अध्यक्ष तथा स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष केशव चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण सिंह साउद प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष सकुन्तोला साउद, प्रमुख प्रशासकीय अधिकृत एकराज आचार्य, स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य अधिकृत नरेन्द्र सिंह महता, नेपाल एसबिआई बैंक शिवनाथ शाखाका शाखा प्रबन्धक मनिश भट्टराई लगायत विभिन्न जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सुरज भट्ट, रामनाथ, कृतिनिधि बडु, वडा सदस्यहरू, स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य संस्थाका कर्मचारीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न यस्ता सहयोग प्रभावकारी र उदाहरणीय हुने बताएका थिए । भिडियो एक्सरे मेसिन सञ्चालनमा आएपछि स्थानीय नागरिकले आफ्नै क्षेत्रमा सहज रूपमा स्वास्थ्य परीक्षण सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भारत भ्रमणबाट फर्किए अर्थमन्त्री वाग्ले, सहकार्य विस्तारमा जोड
फ्ल्यास

भारत भ्रमणबाट फर्किए अर्थमन्त्री वाग्ले, सहकार्य विस्तारमा जोड

अशोज ४, २०८३
रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार
स्वास्थ्य

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित क्यान्सर बिरामीलाई निःशुल्क उपचार

भदौ १८, २०८३
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

अशोज ६, २०८३
सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

सोमबार रोकिएको सेयर कारोबार आजदेखि पुनः सञ्चालन

अशोज ६, २०८३
जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

जापानतर्फ बढेको आँधीले जनजीवन प्रभावित, सयौँ उडान रद्द

अशोज ६, २०८३
महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्यूयोर्क प्रस्थान गर्दै

अशोज ६, २०८३
परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

परराष्ट्रमन्त्री खनालको भुटानी प्रधानमन्त्री र ईयू उपाध्यक्षसँग भेटवार्ता

अशोज ६, २०८३
भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

भुटानको क्रिकेट टोली पोखरामा, गण्डकी र क्यान–११ सँग चार अभ्यास खेल

अशोज ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व