काठमाडौं – देशभर वर्षा गराउने पश्चिमी वायुको अर्को प्रणाली नेपाल भित्रिन लागेको मौसमविदहरूले बताएका छन् । उक्त प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुने तथा तापक्रम घटेर जाडो महसुस हुने पूर्वानुमान गरिएको छ । पश्चिमी वायुले उत्तरतर्फको चिसो हावा नेपाल भित्र्याउने भएकाले यस हप्ता वर्षासँगै चिसोपना बढ्ने सम्भावना रहेको छ । वैशाख २८ गते रातिदेखि देशभर राम्रो वर्षा हुन सक्ने मौसमविद्हरुले बताएका छन् ।
सोमबार र मंगलबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको छ । यो प्रणालीको प्रभाव श्रीलंका तथा भारत का तमिलनाडु र आन्ध्र प्रदेश क्षेत्रमा अझ बढी पर्ने अनुमान गरिएको छ । उक्त प्रणाली नेपालभर छिट्टै फैलिने र व्यापक वर्षा गराउने सम्भावना रहेको मौसमविदहरूको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभाग का अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू(भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । साथै मध्य तथा पूर्वी भू(भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । विभागका अनुसार वैशाख २८ गते दिउँसो देशका हिमाली तथा पहाडी भू(भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश का तराई क्षेत्रमा एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै रातिको समयमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेश का केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाइएको छ । वैशाख २९ गते पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू(भागका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मौसमविद्हरूका अनुसार प्रि(मनसुन अवधिमा बारम्बार भइरहेको वर्षाका कारण गर्मीयाममा समेत चिसोपना महसुस भइरहेको छ ।










Discussion about this post