Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सहरको कुरुप ऐना: फोहोरको थुप्रो, पशुहरूका लागि बनेको ‘विषालु भोजनालय’

भोज राज भट्ट by भोज राज भट्ट
फाल्गुन १३, २०८२
सहरको कुरुप ऐना: फोहोरको थुप्रो, पशुहरूका लागि बनेको ‘विषालु भोजनालय’
0
SHARES
115
VIEWS
Share on FacebookShare on Twitter

हामीले गर्व गर्ने आधुनिक सभ्यता र विकासका अग्ला भवनहरूका बीचमा एउटा यस्तो कुरुप ऐना छ, जसमा हेर्न हामी डराउँछौँ। त्यो ऐना हो— हाम्रा सडकका किनारमा थुप्रिएका फोहोरका पहाडहरू र त्यहाँ आफ्नो अस्तित्वका लागि संघर्ष गरिरहेका मुक प्राणीहरू जस्ले आहार प्राप्तिको निम्ति सुघिरहेका छन प्लास्टिकका ती विषालु भोजनालयहरुमा।

सहर सफा राख्ने नारा लागिरहँदा र ‘स्मार्ट सिटी’ का योजनाहरू बुनिरहँदा, हाम्रा गौमाता र अन्य पशुहरू भने प्लास्टिक र विषाक्त फोहोरको थुप्रोमा आफ्नो भविष्य (आहारा) खोज्न विवश छन्। यो केवल वातावरणीय समस्या मात्र होइन, हाम्रो मानवीय संवेदनाको चरम खडेरी पनि हो।

प्लास्टिकको विष र पशुहरूको नियति

सहरका गल्छेडा र खुला ठाउँहरू अहिले फोहोर विसर्जनका अनधिकृत केन्द्र बनेका छन्। ती थुप्राहरूमा घाँसको एउटा त्यान्द्रो भेटिँदैन, तर हजारौँका संख्यामा प्लास्टिकका झोला, सिसाका टुक्रा र घातक रासायनिक अवशेषहरू छरिएका हुन्छन्। भोकले व्याकुल भएका पशुहरूले त्यही फोहोर भित्र लुकेको जुठो गाँसको लोभमा प्लास्टिकका झोलाहरू निल्ने गर्छन्।

ती प्लास्टिक पशुको पेटमा कहिल्यै पच्दैनन्। बिस्तारै तिनले पशुको पाचन प्रक्रिया ठप्प पार्छन् र अन्ततः एउटा निर्दोष प्राणीले तड्पी-तड्पी प्राण त्याग्नुपर्छ। के हाम्रो सुविधाका लागि प्रयोग गरिने एउटा प्लास्टिकको झोला कुनै प्राणीको मृत्युको वारेन्ट बन्नु जायज छ?

जिम्मेवारीको पन्छाउ र नीतिगत लाचारी

यो भयावह अवस्थाको पछाडि नागरिक र राज्य दुवै उत्तिकै जिम्मेवार छन्। “मेरो घर सफा भए पुग्छ, सडकमा जेसुकै होस्” भन्ने नागरिक सोच र “फोहोर उठाउनु नै व्यवस्थापन हो” भन्ने भ्रममा रहेको स्थानीय प्रशासनका कारण समस्या झन् बल्झिँदै गएको छ। प्लास्टिक प्रतिबन्धका कानुनहरू कागजका दराजमा थन्किएका छन्। फोहोरलाई स्रोतमा नै वर्गीकरण गर्ने (कुहिने र नकुहिने छुट्ट्याउने) सामान्य संस्कार समेत हामीले विकास गर्न सकेका छैनौँ। परिणामस्वरुप, सहरको फोहोर सिधै खुला ठाउँमा मिल्काइन्छ, जहाँ पशुहरू मृत्युको गाँस टिप्न बाध्य हुन्छन्।

सभ्यतामाथिको प्रश्नचिह्न

जनावरलाई ‘देवता’ मानेर पूजा गर्ने तर तिनैलाई सडकमा फोहोर खान छाडिदिने हाम्रो पाखण्डी प्रवृत्तिले हाम्रो सभ्यतालाई नै गिज्याइरहेको छ। यदि हामीले आफ्ना पशुहरूको रक्षा गर्न सक्दैनौँ र आफ्नो फोहोर आफैँ व्यवस्थापन गर्न जान्दैनौँ भने, हामीले गर्ने विकासको कुनै अर्थ रहँदैन। यो कुरुप ऐनाले हामीलाई गिज्याइरहनेछ जबसम्म हामी सडकका यी फोहोरका थुप्रा हटाएर त्यहाँ हरियाली र जीवमैत्री वातावरण सिर्जना गर्दैनौँ।

के हुन् सक्छ विकल्प ?

अब ढिला भइसकेको छ। फोहोर व्यवस्थापन केवल नगरपालिकाको प्राविधिक काम मात्र होइन, यो त हाम्रो नैतिक जिम्मेवारी पनि हो। फोहोर व्यवस्थापन केवल नगरपालिकाको झाडु वा ट्र्याक्टरको काम मात्र होइन। यो त हाम्रो जीवनशैली र संस्कारसँग जोडिएको विषय हो। त्यसैले, अब केवल भाषण र नाराले पुग्दैन। जथाभाबी फोहोर फाल्नेलाई कडा कानुनी कारबाही र प्लास्टिकको विकल्प खोज्नेलाई प्रोत्साहन गर्ने नीति तत्काल आवश्यक छ।

हामीले बुझ्नुपर्छ कि, पृथ्वी केवल मानिसको मात्र पेवा होइन; यहाँका हरेक जीवजन्तुको उत्तिकै अधिकार छ। प्लास्टिकको प्रयोगमा पूर्ण रोक, फोहोरको वैज्ञानिक विसर्जन र छाडा पशुहरूको उचित संरक्षण नै यसको एकमात्र समाधान हो। नबिर्सौँ, प्रकृति र पशुहरूको क्रन्दनमाथि उभिएको सहर कहिल्यै पनि ‘सुन्दर’ र ‘स्मार्ट’ हुन सक्दैन। सहरको यो कुरुप तस्बिर बदल्न आजैबाट हामी प्रत्येकले आफ्नो घरको फोहोर व्यवस्थापन गर्ने प्रण गर्नुपर्छ।

(लेखक भोज राज भट्ट नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का वातावरणविद् हुन्)

भोज राज भट्ट

भोज राज भट्ट

सम्बन्धित

घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी
फ्ल्यास हेडिङ

घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी

अशोज १, २०८३
चार हिमताल अति उच्च जोखिममा
फ्ल्यास हेडिङ

चार हिमताल अति उच्च जोखिममा

भदौ २९, २०८३
महासभामा प्रधानमन्त्री शाहले उठाउनेछन् जलवायु न्यायको मुद्दा
फ्ल्यास हेडिङ

महासभामा प्रधानमन्त्री शाहले उठाउनेछन् जलवायु न्यायको मुद्दा

भदौ २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

अशोज ५, २०८३
निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

अशोज ५, २०८३
सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

अशोज ५, २०८३
ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३
प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

अशोज ५, २०८३
८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

अशोज ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व