Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मदरल्याण्ड मण्टेश्वरी विद्यालयद्वारा एनुअल स्पोर्ट्स मिट सम्पन्न

मनिषा भट्ट by मनिषा भट्ट
माघ ६, २०८२
मदरल्याण्ड मण्टेश्वरी विद्यालयद्वारा एनुअल स्पोर्ट्स मिट सम्पन्न
0
SHARES
77
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको मदरल्याण्ड मण्टेश्वरी विद्यालयले आफ्नो वार्षिक खेलकुद कार्यक्रम (एनुअल स्पोर्ट्स मिट) सम्पन्न गरेको छ। सोमबार आयोजित कार्यक्रममा वर्षभरि विभिन्न खेलकुद गतिविधिमा सहभागी भएका विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्दै कार्यक्रम समापन गरिएको हो।

एनुअल स्पोर्ट्स मिट अन्तर्गत विद्यार्थीहरूले विभिन्न खेलमा सहभागिता जनाएका थिए। बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

विद्यालयकी संस्थापक प्रिन्सिपल सरस्वती चन्द भट्टले बालबालिकाको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो। उहाँले पढाइसँगै खेलकुद, अनुशासन र सिर्जनात्मक क्रियाकलापलाई समान महत्व दिँदै विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिइरहेको उल्लेख गर्नुभयो। “बाल्यकालमै खेलकुदप्रतिको रुचि विकास गराउन सके स्वस्थ र आत्मविश्वासी नागरिक उत्पादन गर्न सकिन्छ,” उहाँले भन्नुभयो।

कार्यक्रममा सहभागी अभिभावक डम्मर धामीले विद्यालयले साना बालबालिकालाई खेलकुदमार्फत सिकाइसँग जोडेकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “यस्ता कार्यक्रमले बच्चाहरूको आत्मविश्वास बढाउनुका साथै अभिभावक र विद्यालयबीचको सम्बन्ध पनि बलियो बनाउँछ।”

त्यस्तै अर्का अभिभावक गणेश चटौतले मदरल्याण्ड मण्टेश्वरी विद्यालयले बालमैत्री वातावरणमा पठनपाठन गराइरहेको भन्दै प्रशंसा गर्नुभयो। “खेलकुद र पढाइ सँगसँगै लैजानु सकारात्मक पक्ष हो,” उहाँको भनाइ थियो।

मदरल्याण्ड मण्टेश्वरी विद्यालयले शैक्षिक सत्र २०८२ देखि पठनपाठन सुरु गरेको हो। शिशु तथा बालबालिकाको सहज सिकाइका लागि विद्यालयका कक्षाहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार बालमैत्री वातावरणमा डिजाइन गरिएका छन्। हाल विद्यालयमा बाल विकास, नर्सरी, एलकेजी र यूकेजी तहसम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन भइरहेको छ। विद्यार्थीहरूको आवतजावतलाई सहज र सुरक्षित बनाउन विद्यालयले व्यवस्थित यातायात सेवा समेत उपलब्ध गराउँदै आएको छ।

मनिषा भट्ट

मनिषा भट्ट

सम्बन्धित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कन्चनपुर

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन
कन्चनपुर

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३
देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

साउन ३१, २०८३
न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

साउन ३१, २०८३
संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

साउन ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व