Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिमको पर्व पुसे पन्ध्र अनाथ बालबालिकासँग मनाइयो

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस १५, २०८२
सुदूरपश्चिमको पर्व पुसे पन्ध्र अनाथ बालबालिकासँग मनाइयो
0
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सुदूरपश्चिममा विशेष महत्वका साथ मनाइने पर्व ‘पुसे पन्ध्र’ मनाइएको छ। वसन्त ऋतुको आगमनतर्फ उन्मुख भएको संकेत दिने र महिनाको मध्यदिन पुस पन्ध्र यस दिनलाई सुदूरपश्चिमेलीहरूले परम्परागत पर्वका रूपमा मनाउँदै आएका छन्।

पुसे पन्ध्रको अवसरमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो ताप्दै जाग्राम बस्ने, तरुल, पिँडालु, सखरखण्डलगायतका कन्दमूल तथा विभिन्न परिकार खाने चलन रहेको छ। हरेक वर्ष पुस १५ गते सुदूरपश्चिममा सामाजिक एकता र संस्कृतिको प्रतीकका रूपमा यो पर्व मनाइन्छ।

यसै अवसरमा उत्थानशील युवा सञ्जालले अनाथ बालबालिकासँग मिलेर पुसे पन्ध्र मनाएको छ। सञ्जालले अनाथ बालबालिकालाई तरुल, विभिन्न परिकार खुवाउँदै गीत गाउँदै रमाइलो वातावरणमा दिनभर पर्व मनाएको हो।

उत्थानशील युवा सञ्जालकी सदस्य कविता गौडले अनाथ बालबालिकाले आफू एक्लो छैनन् भन्ने अनुभूति गरून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्। “पर्वका दिन कसैलाई पनि एक्लोपन महसुस नहोस् भन्ने हाम्रो चाहना हो। उनीहरूलाई साथ, माया र खुशी दिन सकेकैमा हामी सन्तुष्ट छौं,” उनले भनिन्।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का वातावरणविद् भोजराज भट्टले पुसे पन्ध्रजस्ता पर्वले सामाजिक सम्बन्ध मजबुत बनाउनुका साथै स्थानीय संस्कृति र वातावरणीय सन्तुलनप्रति सचेत गराउने बताए। उनले यस्ता पर्वहरूले पुस्तान्तरणमार्फत संस्कृति जोगाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

कार्यक्रमले अनाथ बालबालिकामा खुशी र आत्मीयता थप्नुका साथै सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन
देश/राष्ट्रिय

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र
देश/राष्ट्रिय

कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र

भदौ ६, २०८३
दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग
देश/राष्ट्रिय

दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग

भदौ २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भोटेकोशी बाढीपीडितको उद्धारमा सरकार र प्रतिपक्ष सँगसँगै

भोटेकोशी बाढीपीडितको उद्धारमा सरकार र प्रतिपक्ष सँगसँगै

भदौ १०, २०८३
बाढी प्रभावित क्षेत्रमा सेना परिचालन, हेलिकोप्टरसहित उद्धार टोली खटाइयो

बाढी प्रभावित क्षेत्रमा सेना परिचालन, हेलिकोप्टरसहित उद्धार टोली खटाइयो

भदौ १०, २०८३
रसुवामा बाढीको वितण्डा, त्रिशूली किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

रसुवामा बाढीको वितण्डा, त्रिशूली किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

भदौ १०, २०८३
देशभर बदली, चार प्रदेशमा वर्षाको सम्भावना

देशभर बदली, चार प्रदेशमा वर्षाको सम्भावना

भदौ १०, २०८३
मोहम्मद जयन्तीका अवसरमा आज मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

मोहम्मद जयन्तीका अवसरमा आज मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा

भदौ १०, २०८३
परदेशमा बसेर पनि नेपालीपन जोगाउँदै अमृत नाथ, ‘लाई दे माया’ गीत सार्वजनिक

परदेशमा बसेर पनि नेपालीपन जोगाउँदै अमृत नाथ, ‘लाई दे माया’ गीत सार्वजनिक

भदौ १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व