Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको दोधाराचाँदनीमा विपद् प्रतिकार्य समिक्षा कार्यक्रम सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
मंसिर २६, २०८२
कञ्चनपुरको दोधाराचाँदनीमा विपद् प्रतिकार्य समिक्षा कार्यक्रम सम्पन्न
0
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा २०८२ सालको मनसुन अवधिभरका विपद् प्रतिकार्य गतिविधिको समिक्षा गर्न आयोजित ‘विपद् प्रतिकार्य समिक्षा कार्यक्रम–२०८२’ सम्पन्न भएको छ। दोधाराचाँदनी नगरपालिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), मर्सिकोर नेपाल तथा क्लाइमेट रेजिलेन्स अलायन्स र डिसिएको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा यस वर्षको मनसुनअघि गरिएका पूर्वतयारी, मनसुनका क्रममा देखिएका चुनौती, सिकाइ तथा आगामी वर्ष थप प्रभावकारी प्रतिकार्यका लागि के-कस्ता कदम चाल्न सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो।

एनएनएसडब्लुएका निमित्त कार्यकारी प्रमुख बिनोद बिक्रम जैरुले मनसुनपूर्व गरिएका तयारी, सुधार आवश्यक पक्षहरू तथा आगामी वर्षका सम्भावित योजनाहरूको समिक्षा गरिएको जानकारी दिए। उनले भने, “मनसुन सुरु हुनु पहिले के–कस्ता तयारी गर्यौँ, कहाँ–कहाँ कमजोरी देखियो र अब के सुधार गर्नुपर्छ भन्ने विषयमा विस्तृत समिक्षा भयो।”

त्यस्तै मर्सिकोर नेपालका सुदूरपश्चिम प्रदेश संयोजक नवीन चन्द्र जोशीले २०८२ सालको बाढीसँग सम्बन्धित पूर्वतयारी र प्रतिकार्यका विषयमा समिक्षा गर्दै आगामी वर्षका लागि प्रभावकारी रणनीति निर्माण गर्ने उद्देश्य कार्यक्रमले पूरा गरेको बताए। “गत वर्षका अनुभवले धेरै सिकाइ दिएका छन्, तिनलाई आधार बनाएर अबको रणनीति बनाइँदैछ,” उनले भने।

एनएनएसडब्लुएद्वारा सञ्चालित सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले २०८२ सालको मनसुनको अवस्थासँगै विपद् व्यवस्थापनमा आवद्ध संस्थाहरूले पुर्याएको भूमिका र सुधार आवश्यक पक्षबारे समिक्षा गरिएको बताए।

दोधाराचाँदनीका नगर प्रमुख किशोर लिम्बुले विपद् प्रतिकार्यमा सक्रिय रूपमा सहयोग गर्दै आएका सबै संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै आगामी वर्ष अझ समन्वित ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमकामा समुदायका लागि जलवायू उत्थानशील परियोजनाका संयोजक महेश घीमिरेले २०८२ सालको मनसुन र विपद्को अवस्थाबारे विस्तृत प्रस्तुतिकरण गरे भने मर्सिकोर नेपालका विपद् जोखिम व्यवस्थापन विज्ञ बिराज पोख्रेलले विपद् प्रतिकार्य समिक्षाको आवश्यकता र महत्त्वबारे प्राविधिक प्रस्तुति दिएका थिए।

दोधाराचाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत बिकले सञ्चालन गरेको उक्त कार्यक्रममा सुरक्षा निकायका प्रतिनिधि, विभिन्न संस्थाहरूका प्रतिनिधि तथा विपद् व्यवस्थापनमा संलग्न व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

कैलालीको भजनीमा ५ दिने ‘सामुदायिक प्रतिकार्य टोली तालिम’ सुरु
देश/राष्ट्रिय

कैलालीको भजनीमा ५ दिने ‘सामुदायिक प्रतिकार्य टोली तालिम’ सुरु

जेष्ठ २, २०८३
कञ्चनपुरको वेदान्तमा ‘छुकछुके रोबोट निर्माण कार्यशाला’ सुरु
देश/राष्ट्रिय

कञ्चनपुरको वेदान्तमा ‘छुकछुके रोबोट निर्माण कार्यशाला’ सुरु

जेष्ठ १, २०८३
द अपी शिक्षा परियोजना : २ विद्यार्थीले पाउनेछन् ६ वर्षको आवाससहितको शिक्षा
देश/राष्ट्रिय

द अपी शिक्षा परियोजना : २ विद्यार्थीले पाउनेछन् ६ वर्षको आवाससहितको शिक्षा

बैशाख ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३
कैलालीको भजनीमा ५ दिने ‘सामुदायिक प्रतिकार्य टोली तालिम’ सुरु

कैलालीको भजनीमा ५ दिने ‘सामुदायिक प्रतिकार्य टोली तालिम’ सुरु

जेष्ठ २, २०८३
बैजनाथ सुडा खानेपानी समितिद्वारा बृहत् सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

बैजनाथ सुडा खानेपानी समितिद्वारा बृहत् सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

जेष्ठ २, २०८३
रेडियन्ट माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

रेडियन्ट माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

जेष्ठ २, २०८३
कञ्चनपुरको वेदान्तमा ‘छुकछुके रोबोट निर्माण कार्यशाला’ सुरु

कञ्चनपुरको वेदान्तमा ‘छुकछुके रोबोट निर्माण कार्यशाला’ सुरु

जेष्ठ १, २०८३
द अपी शिक्षा परियोजना : २ विद्यार्थीले पाउनेछन् ६ वर्षको आवाससहितको शिक्षा

द अपी शिक्षा परियोजना : २ विद्यार्थीले पाउनेछन् ६ वर्षको आवाससहितको शिक्षा

बैशाख ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व