काठमाडौं । नेकपा एमालेबाट गण्डकी प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले राजीनामा दिएका छन् ।
बुधबार बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेपछि उनीहरूले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर राजीनामा बुझाएका हुन् । यसअघि मंगलबार बसेको संसदीय बोर्ड बैठकले मन्त्रीहरूलाई राजीनामा दिन निर्णय गरेको थियो ।
राजीनामा दिनेमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री गोविन्द नेपाली, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीम कार्की, उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमाल र स्वास्थ्यमन्त्री लक्ष्मण पाण्डे छन् ।
उनीहरू मन्त्रिपरिषद् हेरफेरका क्रममा गत वैशाख २ गते मन्त्री नियुक्त भएका थिए ।
सत्ता समीकरण परिवर्तन भएपछि एमालेका मन्त्रीहरू कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारबाट बाहिरिएका हुन् । हाल प्रदेशमा एमाले–नेकपा समीकरण बनेको छ ।










Discussion about this post