भावनाका भारहरुले भविस्य भावविह्वल भइरहदा,
मन मुर्मुरिदै मुस्कानलाई मारेर मौनता मासिरहदा ,
हृदय रिसाउदै रङ्गमन्चको राजा झै रजगजमा रङ्गिरहदा,
खुसी के खोजीरहेछ खै, खुस्किएकाहरुको खोपिमा खुम्चिरहदा।
मुखले मख्खन मोल्दै, मस्तिष्कले मान्छे मार्न मात्तिरहेछन,
रातमा रैतिका रगतले रगताम्य हुँदै राक्षसहरु रमाइरहेछन,
मान्छेको मुखको माण मासेर, मानाको मुर्ती मानिरहेछन,
भगवानको भरोसा भएन भन्दै भक्तहरु भुतलाइ भाकिरहेछन।
नाङ्गिएका नर्तकिहरु निर्लज्य नाङ्गो नाच नाचिरहेछन,
बन बेचेका ब्वाँसाहरु बिदेशिका बिछौनामा बसिरहेछन,
सत्ताले सरापेका सकुनिहरु सस्तोमा शासन सुम्पिरहेछन,
न्यायको नाममा नपुंसकहरु नोटले नियम निचोरीरहेछन।
ई. बिबेक पन्त
शुक्लाफाँटा नगरपालिका -७, कञ्चनपुर










Discussion about this post