Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कैलालीको चुरे–३ मस्यामा खोला निकाससम्बन्धी सम्भाव्यता अध्ययन

प्रकाश भट्ट by प्रकाश भट्ट
मंसिर २३, २०८२
कैलालीको चुरे–३ मस्यामा खोला निकाससम्बन्धी सम्भाव्यता अध्ययन
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

कैलाली। चुरे गाउँपालिका–३ मस्यामा खोला निकास अवरुद्ध हुँदा वर्षौंदेखि स्थानीय बासिन्दा र विद्यालय जोखिममा पर्दै आएको समस्याको समाधानका लागि विस्तृत सम्भाव्यता अध्ययन गरिएको छ। मर्सिकोर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को साझेदारी तथा द कोकाकोला फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालित सान परियोजनाले प्रकृतिमा आधारित समाधानअन्तर्गत पालिकासँगको समन्वयमा जोखिम न्यूनिकरणका लागि सम्भाव्यता अध्यन गरेको हो।

सान परियोजनाले कञ्चनपुरका दुई पालिका पुनर्वास र लालझाडी तथा कैलालीका दुई पालिका चुरे र भजनी गरी चार वटा पालिकाहरूमा काम गर्दै आएको छ।

उक्त परियोजनाअन्तर्गत एनएनएसडब्लुएको टोली, चुरे गाउँपालिकाका विपद् सम्पर्क व्यक्ति, स्थानीय जनप्रतिनिधि र प्राविधिक इन्जिनियरहरूले मस्यास्थित प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै खोलाको निकास कसरी सुरक्षित र दिगो रूपमा निकाल्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेका छन्।

स्थानीयका अनुसार माथिल्लो भेगमा सडक कटान र माटो–ढुङ्गा थुपारिएको कारण खोला पुरिँदै गइरहेको र निकास बन्द भएपछि वर्षाको समयमा पानी जमेर विद्यालय तथा बस्ती जोखिममा परेको छ।

स्थानीय धौले कामीका अनुसार, माथिल्लो भेगमा सडक कटान हुँदा निस्किएको माटो र ढुङ्गा एकै ठाउँमा थुपारिएपछि खोला पुरिएको र यसको सतह (उचाइ) बढेको छ। “खोलाको मुख नै नभएपछि पानी एकै ठाउँमा रोकिएर खेत तथा विद्यालयलाई क्षति गर्न थालेको छ,” उनले भने, “यो खोलालाई गाडमा निकास गर्न पाए मात्रै चिन्ता दूर हुने हो। यहाँका ३०-४० परिवारलाई वर्षेनी यो खोलाले दुख दिएको छ।”

चुरे गाउँपालिका–३ का वडा सदस्य अम्मर बहादुर शाहले स्थानीयहरू धेरै पहिलेदेखि नै यो समस्या भोग्दै आएको बताए। “खोलाको निकास नै नभएका कारण यहाँका स्थानीयले यस्तो समस्या भोग्नुपरेको छ। यदि यहाँका जग्गाधनीहरूले सहयोग गरिदिए भने यसको निकास गर्न सजिलो हुनेथियो,” उनले भने।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) द्वारा सञ्चालित सान परियोजनाका संयोजक देवराज बडुका अनुसार खोला निकासका लागि आवश्यक पर्ने जग्गाको मुआब्जा स्थानीय सरकारसँग मागिएको हुँदा हालसम्म निकास निकाल्न नसकिएको अवस्था छ। “चुरे गाउँपालिका अन्तर्गत प्रकृतिमा आधारित समाधानको सम्भावना अध्ययनका लागि हाम्रो टोली वडा नम्बर-३ मस्यामा आएर अध्ययन गरेको छ,” संयोजक बडुले भने, “यो ठाउँमा खोलाले विगत लामो समयदेखि असर गर्ने गरेको रहेछ। समुदायका केही व्यक्तिहरूले खोला निकास गर्न चाहिने जमिनको मुआब्जा स्थानीय सरकारसँग मागेको हुँदा निकास निकाल्न नसकिएको रहेछ। त्यसैले यसको निकास कसरी निकाल्ने भनेर हामीले अध्ययन गरेका छौं।”

सान परियोजनाले आफ्नो कार्यक्षेत्रका चार वटौ स्थानीय पालिकासँगको समन्वयनमा बाढी, कटान, र पहिरोको जोखिम घटाउने उपायको सम्भाव्यता अध्ययन गरेको छ। यसको मुख्य उद्देश्य सम्भावित जोखिमबाट समुदायलाई जोगाउनु, जोखिम कम गर्न जैविक तटबन्ध निर्माण र वृक्षारोपण गरी नदीको धारको संरक्षण र व्यवस्थापन गर्नु, खेतीयोग्य जमिन पुनः उपयोग योग्य बनाउनु, तथा जलवायु परिवर्तन अनुकूलन सुनिश्चित गर्नु हो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

दोधारा चाँदनीमा गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर
देश/राष्ट्रिय

दोधारा चाँदनीमा गर्भवती, बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर

असार २८, २०८३
दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास
देश/राष्ट्रिय

दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास

असार २७, २०८३
चुरे गाउँपालिकालाई खोज तथा उद्धार सामग्री हस्तान्तरण, विपद् व्यवस्थापनमा ‘सान’ परियोजनाको सहयोग
देश/राष्ट्रिय

चुरे गाउँपालिकालाई खोज तथा उद्धार सामग्री हस्तान्तरण, विपद् व्यवस्थापनमा ‘सान’ परियोजनाको सहयोग

असार २६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

असार २८, २०८३
सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

असार २८, २०८३
समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

असार २८, २०८३
असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असार २८, २०८३
नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

असार २८, २०८३
सुन महँगियो, चाँदीको भाउ घट्यो

सुन महँगियो, चाँदीको भाउ घट्यो

असार २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व