Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैजनाथ सुडा खानेपानी समितिद्वारा बृहत् सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २, २०८३
बैजनाथ सुडा खानेपानी समितिद्वारा बृहत् सरसफाई तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
0
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका–९ सुन्दरपुरमा बृहत् सरसफाई तथा खानेपानी सम्बन्धी जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको आयोजनामा शनिबार समुदायमा स्वच्छता, सुरक्षित खानेपानीको प्रयोग तथा वातावरण संरक्षण सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको हो।

कार्यक्रम अन्तर्गत सुन्दरपुर स्थानीय क्षेत्रको सरसफाई गरिनुका साथै सुरक्षित खानेपानीको प्रयोग, पानीका स्रोतहरूको संरक्षण, उचित फोहोर व्यवस्थापन र व्यक्तिगत एवम् वातावरणीय सरसफाईका विषयमा स्थानीय बासिन्दा तथा व्यापारीहरूलाई सचेत गराइएको थियो। अभियानमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, उपभोक्ता समितिका पदाधिकारी, विद्यार्थी तथा स्थानीय उपभोक्ताहरूको सक्रिय सहभागिता रहेको थियो।

बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष पदमसिंह कुँवरले स्वच्छ वातावरण र सुरक्षित खानेपानी स्वस्थ जीवनका मुख्य आधार भएको बताउनुभयो। “सरसफाईको सुरुवात आफैँबाट हुनुपर्छ,” अध्यक्ष कुँवरले भन्नुभयो, “अहिले पनि समुदायमा जनचेतनाको केही कमी देखिएकाले हामी ११ जनाको समिति बनाएर यसरी नै निरन्तर जनचेतना फैलाउँदै जानेछौँ। समुदायस्तरबाटै खानेपानी संरक्षण र सरसफाईमा सबैको अपनत्व आवश्यक छ।”

यस्तै वेदकोट नगरपालिका वडा नम्बर ९ का कार्यवाहक अध्यक्ष पार्वतीदेवी विष्टले वडा कार्यालय, बैजनाथ सुडा खानेपानी समिति र स्थानीयबासीको आपसी सहकार्यमा यो बृहत् कार्यक्रम सम्भव भएको उल्लेख गर्नुभयो। उहाँले सरसफाई राख्नु सबैको साझा जिम्मेवारी भएकाले यस अभियानमा सधैँ हातेमालो गरेर सहयोग गरिदिन सम्पूर्ण नगरबासीलाई आग्रह गर्नुभयो।

इन्द्रेणी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष सिद्धराज भट्टले आफ्नो गाउँ र वरपरको वातावरण स्वच्छ राख्नु प्रत्येक नागरिकको दायित्व भएको बताउनुभयो। सो अवसरमा सहकारी संस्थाका तर्फबाट सरसफाई कार्यका लागि ट्र्याक्टर सहयोग उपलब्ध गराइएको जानकारी समेत उहाँले दिनुभयो।

समितिले आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक र व्यवहारिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै सुन्दरपुर क्षेत्रलाई स्वच्छ र स्वस्थ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन
फ्ल्यास हेडिङ

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन

भदौ २०, २०८३
भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कन्चनपुर

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रलेसको हिरक जयन्तीको पूर्वसन्ध्यामा कञ्चनपुरमा रचना वाचन

प्रलेसको हिरक जयन्तीको पूर्वसन्ध्यामा कञ्चनपुरमा रचना वाचन

अशोज ४, २०८३
राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु

राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु

अशोज ४, २०८३
हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

अशोज ४, २०८३
सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

अशोज ४, २०८३
विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

अशोज ४, २०८३
वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

अशोज ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व