Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रेडियन्ट माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २, २०८३
रेडियन्ट माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
0
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित रेडियन्ट माध्यमिक विद्यालयमा शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत सदनस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीहरूको बौद्धिक क्षमता प्रस्फुटन गर्ने र सामाजिक विषयप्रतिको ज्ञानलाई फराकिलो बनाउने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा आधारभूत र माध्यमिक तहका विद्यार्थीहरूबिच छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको थियो।

प्रतियोगितामा आधारभूत तह (कक्षा ६ देखि ८) तर्फ मेनुका भण्डारी, बिराज दमाई, अनिश नेपाली र आयन कुँवर सम्मिलित हरियो सदन (Green House) प्रथम हुन सफल भएको छ। त्यसैगरी, रिशेष जोशी, अंशिका जोशी, निलम भण्डारी र राखी धामी सदस्य रहेको निलो सदन (Blue House) ले द्वितीय स्थान हासिल गरेको छ भने प्राञ्ज अवस्थी, सृष्टि चन्द, विपना ऐर र समिक्षा चन्द सम्मिलित रातो सदन (Red House) ले तृतीय स्थान प्राप्त गरेको छ।

त्यस्तै, माध्यमिक तह (कक्षा ९ र १०) तर्फ भएको प्रतिस्पर्धामा आयुष बिष्ट, प्राञ्जल भट्ट, मनिषा भण्डारी र समीक्षा भट्ट सम्मिलित रातो सदन (Red House) प्रथम भएको छ। त्यस्तै प्रशान्त बम, प्रत्यक्ष भारती, निशा रावल र मेघा थापा सम्मिलित पहेँलो सदन (Yellow House) ले द्वितीय स्थान प्राप्त गरेको छ भने आर्या चन्द, स्मृति भट्ट, निराजन जोशी र अभिषेक चन्दको समूह रहेको हरियो सदनले (Green House) तृतीय स्थान प्राप्त गरेको छ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दले यस्ता क्रियाकलापले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले पाठ्यपुस्तकको ज्ञानसँगै बाहिरी संसार र समसामयिक विषयवस्तुको जानकारी राख्नु आजको आवश्यकता भएकोले यस्ता प्रतियोगिताले विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना र आत्मविश्वासको विकास गर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक लोकेन्द्र भट्टले गर्नुभएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन
फ्ल्यास हेडिङ

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन

भदौ २०, २०८३
भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कन्चनपुर

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रलेसको हिरक जयन्तीको पूर्वसन्ध्यामा कञ्चनपुरमा रचना वाचन

प्रलेसको हिरक जयन्तीको पूर्वसन्ध्यामा कञ्चनपुरमा रचना वाचन

अशोज ४, २०८३
राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु

राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु

अशोज ४, २०८३
हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

अशोज ४, २०८३
सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

अशोज ४, २०८३
विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

अशोज ४, २०८३
वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

अशोज ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व