Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ कार्तिक २८, शुक्रबार १७:४९
बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

अधिकांश मानिसलाई बिहान उठ्ने बित्तिकै चिया वा कफी चाहिन्छ । उठ्ने बित्तिकै कफीको एक चुस्की लिँदा निद्रा खुलेको महसुस हुन्छ, अनि शरीर ऊर्जाले भरिएको जस्तो लाग्छ । तर यो बानीले आफ्नो पेट र शरीरमा कस्तो प्रभाव पार्छ भनेर तपाईँले कहिल्यै विचार गर्नुभएको छ ?

खाली पेटमा कफी पिउनु हामीले सोचेजस्तो फाइदाजनक छैन भनेर डाक्टरहरू भन्छन् । बिहान उठ्ने बित्तिकै केही नखाइकन सिधै कफी पिउँदा पेटमा एसिडको स्तर बढ्छ । पेट खाली भएको बेलामा यो अतिरिक्त एसिडले पेटको पत्रलाई प्रत्यक्ष असर गर्छ, जसले गर्दा छातीमा जलन महसुस हुने, ग्यास भरिने, पेट फुल्ने र अपचजस्ता समस्या निम्त्याउँछ ।

कफीमा रहेको क्याफिनले शरीरमा कोर्टिसोलको स्तर पनि बढाउँछ, जसलाई सामान्यतया तनाव हर्मोन भनिन्छ । जसले गर्दा बिहान ऊर्जावान् महसुस गर्नुको सट्टा बेचैन, चिडचिडा वा नर्भस महसुस हुनसक्छ । यसको मतलब कफीले तपाईँलाई फ्रेस पार्नुको सट्टा तनाव दिन सक्छ ।

यसरी गर्नुस् दिनको सुरुवात

बिहान उठेपछि सबैभन्दा राम्रो काम भनेको एक गिलास सादा पानी पिउनु हो । रातभरिको निद्रापछि शरीर अलि डिहाइड्रेटेड भएको हुन्छ । पानी पिउँदा शरीरमा ओसिलोपन पुनर्स्थापित हुन्छ, मेटाबोलिजम सक्रिय हुन्छ र दिनको सुरुवातका लागि पाचन प्रणाली पनि तयार हुन्छ ।

तपाईँलाई कफीको तलतल लागेको छ भने हल्का ब्रेकफास्ट वा फलफूलपछि यसको सेवन गर्न सकिन्छ । विज्ञहरू कफी पिउनुअघि कम्तीमा ३० मिनेट पर्खन सिफारिस गर्छन् । यसले पेटको एसिडको प्रभावलाई कम गर्छ ।

कफी पूर्णरूपमा हानिकारक छैन । यदि सही समयमा र सही तरिकाले सेवन गरियो भने यसले एकाग्रता सुधार गर्न, थकान कम गर्न र मुड सुधार गर्न मद्दत गर्न सक्छ । तर यसका लागि कफीलाई खाली पेटमा नपिउने अनि आफ्नो शरीरको आवश्यकता बुझ्नु जरुरी हुन्छ । थोरै समझदारी अपनाउँदा तपाईंको बिहान त राम्रो बन्छ नै, लामो समयसम्म पाचन स्वास्थ्य र मानसिक सन्तुलन पनि कायम राख्न सक्नु हुन्छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दुर्लभ रोग सामान्यीकृत पस्टुलर सोरायसिस भएकी महिलाको नेपाल मेडिकल कलेजमा सफल उपचार
देश/राष्ट्रिय

दुर्लभ रोग सामान्यीकृत पस्टुलर सोरायसिस भएकी महिलाको नेपाल मेडिकल कलेजमा सफल उपचार

२०८२ कार्तिक २८, शुक्रबार १७:४९
बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?
जीवनशैली

यो हो कफी पिउने उत्तम समय

२०८२ कार्तिक २८, शुक्रबार १७:४९
चिया पिउँदा एसिडिटीबाट बच्न के गर्ने ?
जीवनशैली

चियालाई फेरि तताएर खानु हुन्छ कि हुँदैन ?

२०८२ कार्तिक २८, शुक्रबार १७:४९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कैलालीको चुरे–३ मस्यामा खोला निकाससम्बन्धी सम्भाव्यता अध्ययन

कैलालीको चुरे–३ मस्यामा खोला निकाससम्बन्धी सम्भाव्यता अध्ययन

२०८२ कार्तिक २८, शुक्रबार १७:४९
कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

२०८२ कार्तिक २८, शुक्रबार १७:४९
धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

२०८२ कार्तिक २८, शुक्रबार १७:४९
सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

२०८२ कार्तिक २८, शुक्रबार १७:४९
विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

२०८२ कार्तिक २८, शुक्रबार १७:४९
अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

२०८२ कार्तिक २८, शुक्रबार १७:४९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व