Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोट-९ ले जित्यो मेयर कपको उपाधि, खेलकुद विकासमा नगरपालिकाको निरन्तरता

प्रकाश भट्ट by प्रकाश भट्ट
कार्तिक २३, २०८२
वेदकोट-९ ले जित्यो मेयर कपको उपाधि, खेलकुद विकासमा नगरपालिकाको निरन्तरता
0
SHARES
150
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । वेदकोट नगरपालिकामा कार्तिक १४ गतेदेखि सुरु भएको नगर स्तरीय तेस्रो मेयर कप फुटबल प्रतियोगिता–२०८२ कार्तिक २४ गते सम्पन्न भएको छ। फाइनल प्रतिस्पर्धामा वेदकोट-९ ले वेदकोट-३ लाई पेनाल्टी सुटआउटमा ४-३ को गोलको अन्तरले पराजित गर्दै मेयर कपको उपाधि जितेको छ।

प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेको थियो। विजेता वेदकोट-९ ले नगद रु ५०,१२५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वेदकोट-३ ले नगद रु २२,१२५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। यसैगरी, प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कृत गरिएको थियो।

समापन कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख भोजराज बोहराले आर्थिक तथा भौतिक चुनौतीहरूका बाबजुद पनि वेदकोट नगरपालिकाले खेलकुद क्षेत्रको विकासमा निरन्तरता दिइरहेको बताउनुभयो। उहाँले पछिल्लो समय सम्पन्न विभिन्न प्रतियोगिताहरूले खेलप्रति युवाहरूको आकर्षण बढाएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “खेलकुदले युवाहरूलाई रचनात्मक र अनुशासित बनाउँछ। हामीले आगामी वर्षहरूमा अझ भव्य रूपमा मेयर कप सञ्चालन गर्ने योजना बनाएका छौँ।”

त्यस्तै वेदकोट नगरपालिका वडा नम्बर -५ का वडा अध्यक्ष तथा कार्यक्रमका सभापति चित्र देव भट्टले पनि नगरपालिकाले खेलकुदलाई दिएको प्राथमिकताको प्रशंसा गर्दै यसले स्थानीय स्तरमा खेलाडी उत्पादन गर्न मद्दत पुगेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशी प्रमुख अतिथि रहनुभएको थियो। त्यस्तै जनप्रतिनिधी, स्थानीय लगायतको भव्य उपस्थिती रहेको थियो।

शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको यस प्रतियोगिताले वेदकोट क्षेत्रका युवाहरूलाई खेलकुदमा जोड्न थप प्रेरणा दिएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा
खेलकुद

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३
विश्वकप क्वाटरफाइनलमा इंग्ल्यान्ड र नर्वे जुलाई १२ (आउँदो आइतबार) भिड्ने
खेलकुद

विश्वकप क्वाटरफाइनलमा इंग्ल्यान्ड र नर्वे जुलाई १२ (आउँदो आइतबार) भिड्ने

असार २२, २०८३
पाँच पटकको विजेता ब्राजिल र नर्वे आमनेसामने
खेलकुद

पाँच पटकको विजेता ब्राजिल र नर्वे आमनेसामने

असार २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

असार २८, २०८३
सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

असार २८, २०८३
समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

असार २८, २०८३
असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असार २८, २०८३
नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

असार २८, २०८३
सुन महँगियो, चाँदीको भाउ घट्यो

सुन महँगियो, चाँदीको भाउ घट्यो

असार २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व