Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मुस्ताङ भन्सारमा दुई अर्ब दुई करोड ९६ लाख बढि राजस्व संकलन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १६, २०८२
मुस्ताङ भन्सारमा दुई अर्ब दुई करोड ९६ लाख बढि राजस्व संकलन
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ : नेपाल –चीन उत्तरी कोरलानाकास्थित न्हेचुङ भन्सार कार्यालयले दुई साताको अवधिमा दुई अर्ब दुई करोड ९६ लाख २९ हजार राजस्व संकलन गरेको छ। गत ३१ भदौमा पूर्ण रुपमा सञ्चालनमा आएको कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले मंगलबार बिहानसम्म उक्त राजस्व संकलन गरेको हो।

यो भन्सार कार्यालयको इतिहासमै पहिलो पटक त्यति ठूलो अनुपातमा राजस्व संकलन भएको हो। त्यहाँ दैनिक औसत भन्सार राजस्व १३ करोड ६६ लाख बढी अनुपातमा राजस्व संकलन गर्न सफल भएको देखिएको छ। यसअघि त्यहाँको भन्सार कार्यालयले बर्सेनि सीमापार गर्ने उपल्लो मुस्ताङका नागरिकले आयात गर्ने घरायसी मालवस्तु राजस्व १० देखि १५ लाखमै सीमित रहन्थ्यो। यसपटक बाढीपहिरो र नदी कटानका कारण रसुवागढी र तातोपानी नाका अवरुद्ध हुँदा यहाँको नाकाबाट मालबस्तु तथा विद्युतीय सवारी आयात बढ्दो रहेको हो।

सीमावर्ती स्थानीय नागरिकका लागि मात्रै सञ्चालनमा आएको कोरला नाका भन्सार विभागले पूर्णरुपमा सञ्चालनमा ल्याएसँगै कोरला नाकामा व्यापारिक चहलपहलसमेत ह्वात्तै बढेको हो। यस भन्सार कार्यालयमा चीनबाट कोरला नाका हुँदै भित्रिएका एक हजार १०९ विद्युतीय सवारी साधनमध्ये ९६५ को भन्सार जाँचपास भइसकेको भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए। भन्सार कार्यालय न्हेचुङमा हाल १४४ विद्युतीय सवारी साधनको भन्सार जाँचपाँस हुन बाँकी रहेको भन्सार प्रमुख खड्काको भनाइ छ।

यसैगरी कोरला नाकाबाट मालवस्तु आयात गरिएका ३७५ मालबाहक कन्टेनरमध्ये सबैको भन्सार जाँचपाँस भई गन्तव्यतर्फ प्रस्थान गरेका भन्सार प्रमुख खड्काले उल्लेख गरे। त्यहाका भन्सार कार्यालयका कर्मचारी दसैँ बिदामा घरतर्फ प्रस्थान गरिसकेका छन्।

असोज १८ गते अर्थात पूर्णिमासम्म दसैँको सार्वजनिक बिदा भएको र दसै मनाएर कार्यस्थलमा फर्किन दुई दिन समय लाग्ने भएकाले सम्भवत २१ गतेदेखि पुनः भन्सारका नियमित कार्यसम्पादन सुरु हुने भन्सारका नायब सुब्बा उत्तम राईले जानकारी दिए।

नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएसँगै मुस्ताङमा व्यापारिक चहलपहलसमेत बढेको छ। नाका सञ्चालनले त्यहाँको आन्तरिक व्यापार व्यवसाय राम्रो चलेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए।

यसैगरी नाकामा स्थानीय नागरिक र सवारी चलाउन जान्ने युवाहरुले राम्रो आम्दानी गरेको अध्यक्ष गुरुङको भनाइ छ। नाकाको सीमापारी भन्सारमा लोड अनलोड गर्ने तथा त्यहाँ चीनको भन्सारमा ल्याएका विद्युतीय सवारी साधन चलाएर बाहिर निकाल्ने युवाहरुले मनग्ये आम्दानी गर्ने बाटो खुलेको उनले उल्लेख गरे।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दसैँको चहलपहलसँगै काठमाडौंमा फलफूलको कारोबार बढ्यो
अर्थ/ब्यापार

दसैँको चहलपहलसँगै काठमाडौंमा फलफूलको कारोबार बढ्यो

कार्तिक ३, २०८३
प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा नेपालमा रोक
अर्थ/ब्यापार

प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा नेपालमा रोक

कार्तिक ३, २०८३
गोस्फोर्डमा खुकुरी रेस्टुरेन्टको नयाँ शाखा, नेपाली खानाको पहिचान विस्तार गर्ने लक्ष्य
अर्थ/ब्यापार

गोस्फोर्डमा खुकुरी रेस्टुरेन्टको नयाँ शाखा, नेपाली खानाको पहिचान विस्तार गर्ने लक्ष्य

कार्तिक २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरका दिपेन भट्टले हासिल गरे अन्तर्राष्ट्रिय CFA चार्टर

कञ्चनपुरका दिपेन भट्टले हासिल गरे अन्तर्राष्ट्रिय CFA चार्टर

कार्तिक ७, २०८३
साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, तापक्रम घट्ने

साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, तापक्रम घट्ने

कार्तिक ७, २०८३
नेकपाको राष्ट्रिय जागरण अभियान भोलिदेखि, सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने

नेकपाको राष्ट्रिय जागरण अभियान भोलिदेखि, सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने

कार्तिक ७, २०८३
मधेशमा प्रदेश भाषा ऐन जारी गर्न उच्च अदालतको आदेश, भाषिक अधिकार कार्यान्वयनमा जोड

मधेशमा प्रदेश भाषा ऐन जारी गर्न उच्च अदालतको आदेश, भाषिक अधिकार कार्यान्वयनमा जोड

कार्तिक ७, २०८३
पीएचपीमा साइबर सुरक्षा कमजोरी भेटिएपछि बैंकहरू सतर्क, प्रणाली सुरक्षित बनाउने काम जारी

पीएचपीमा साइबर सुरक्षा कमजोरी भेटिएपछि बैंकहरू सतर्क, प्रणाली सुरक्षित बनाउने काम जारी

कार्तिक ७, २०८३
राष्ट्र बैंकले वेबसाइट सुरक्षा जोखिमबारे बैंक तथा वित्तीय संस्थालाई गरायो सतर्क

राष्ट्र बैंकले वेबसाइट सुरक्षा जोखिमबारे बैंक तथा वित्तीय संस्थालाई गरायो सतर्क

कार्तिक ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व