काठमाडौं । दसैँको रौनकसँगै काठमाडौंमा फलफूलको व्यापार बढेको छ। चाडपर्वमा पूजाआजा गर्न तथा आफन्त र परिवारजनलाई कोशेली दिन फलफूल किन्ने चलन भएकाले बजारमा यसको माग बढेको हो।
व्यापारीहरूका अनुसार अन्य फलफूलको तुलनामा केरा र स्याउको कारोबार बढी भइरहेको छ। फलफूलको आयात बढेकाले यस वर्ष दसैँमा मूल्यमा भने खासै ठूलो परिवर्तन नदेखिएको उनीहरूको भनाइ छ।
दसैँको टीकापछि पूर्णिमासम्म फलफूलको व्यापार अझ बढ्ने व्यापारीहरूले अपेक्षा गरेका छन्।










Discussion about this post