काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय ब्रान्ड ‘प्रियागोल्ड बिस्कुट’ को आयात तथा बिक्री–वितरणमा तत्काल रोक लगाएको छ। विभागले बजारमा रहेका उक्त ब्रान्डका सबै उत्पादन फिर्ता गर्नसमेत निर्देशन दिएको छ।
बिस्कुटमा मानिसले खान नमिल्ने तथा गाईवस्तुको दानामा प्रयोग हुने चोकर भेटिएको विषय सार्वजनिक भएपछि विभागले यस्तो कदम चालेको हो।
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले जारी गरेको सूचनाका आधारमा नेपालमा प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा रोक लगाउने निर्णय गरिएको विभागले जनाएको छ।










Discussion about this post