कञ्चनपुर – काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) ले धरानका मेयर हर्क साम्पाङलाई फेसबुकमार्फत नै प्रेमिल र ठट्यौली जवाफ फर्काएका छन्।
पछिल्लो समय धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा बालेनलाई लक्षित गर्दै विभिन्न टिप्पणी गरिरहेका थिए। त्यसैको प्रत्युत्तरमा बालेनले यो जवाफ दिएका हुन्।
बालेनले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एकतर्फी नै सही, तर मेरो माया साँचो हो। You are my true love.❤’
जेन-जी आन्दोलनपछि सार्वजनिक रूपमा त्यति नदेखिएका बालेनमाथि हर्कले फेसबुकमार्फत लगातार प्रश्न उठाइरहेका थिए। हर्कले बालेनलाई विभिन्न विषयमा व्यंग्य गर्दै लेखेका स्टाटसहरूको जवाफमा बालेनले यो अनपेक्षित र रमाइलो पोस्ट गरेका हुन्।










Discussion about this post