Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गौरा पर्वको आज तेस्रो दिन, आज गौरादेवीलाई घरघरमा भित्र्याइँदै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ भाद्र १४, शनिबार ०८:४०
गौरा पर्वको दोस्रो दिन : आज विरुडा धाेएर मनाइँदै
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर : सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन ब्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अर्थात् ‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालु महिलाहरूले विशेष दिनको रूपमा लिने गरेका छन् ।

ब्रतालु महिलाहरूले बिहानै नुवाईधुवाई गरेर साँझो समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए। आज अमुक्ताभरण सप्तमी भएकाले ब्रतालु महिलाहरू एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रही आएको उनले बताए।

‘ठूली गौरा’ को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरेर ब्रतालु महिलाहरूले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने गर्दछन् । ब्रतालु महिलाहरूले धारण गर्ने विशेष प्रकारको धागो अर्थात् दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ ।

साउ, अपामार्ग, तीललगायत वनस्पतिले गौराको प्रतिमूर्ती बनाइ पूजाआजा गर्ने चलन रही आएको छ । खेतबारीबाट साउ, अपामार्ग लगायतका वनस्पतीहरूको प्रतिमूर्ती बनाइ आज गौराघरमा गौरा भित्र्याइन्छ । तागाधारी पुरुषहरूले जनै धारण गरे जस्तै महिलाहरूले गौराको समयमा दुबधागो धारण गर्ने परम्परा रही आएको पण्डित जयानन्द भट्टले बताए।

यसका साथै साँझको समयमा ब्रतालु महिलाहरूले कुण्ड स्नान गर्ने चलन रही आएको छ । आज गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन ब्रतालु महिलाहरूले धारण गर्ने गर्दछन् । नयाँ दुबधागोहरू आज गौरादेवीमा समर्पण गर्ने र उक्त दुबधागो भोलि अठ्यावाली सकिएपछि धारण गर्ने परम्परा रही आएको छ ।

गौरापर्वको मुख्य दिनका रूपमा रहेको सप्तमीको दिनमा गौरा र महेश्वरको पूजागरी ब्रतालु महिलाहरूले राति मिठोमसिनो खाना खाने चलन छ । मौलिक पर्वका रूपमा समेत रहेको गौराको मुख्यदिन भोलि गौराष्टमी अर्थात् अठ्यावालीका दिन महिलाहरूले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ ।

गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी,चैत खेल्ने चलन रही आएको छ । सुदूरपश्चिममा दशैँभन्दा पनि बढी महत्त्व दिइने गौरा पर्वका लागि परदेशीएकाहरू पनि घर फर्किने गर्दछन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

२०८२ भाद्र १४, शनिबार ०८:४०
श्रीमद्भागवत पुर्वाङ्गको पूर्वसन्ध्यामा शान्ति कलश यात्रा
जीवनशैली

श्रीमद्भागवत पुर्वाङ्गको पूर्वसन्ध्यामा शान्ति कलश यात्रा

२०८२ भाद्र १४, शनिबार ०८:४०
वेदकोटमा माघी मिलन र ‘खोजनी बोजनी’ कचेहरी सम्पन्न
जीवनशैली

वेदकोटमा माघी मिलन र ‘खोजनी बोजनी’ कचेहरी सम्पन्न

२०८२ भाद्र १४, शनिबार ०८:४०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

२०८२ भाद्र १४, शनिबार ०८:४०
कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

२०८२ भाद्र १४, शनिबार ०८:४०
एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

२०८२ भाद्र १४, शनिबार ०८:४०
संसद्को पहिलो बैठक:  बोलक्कड महावीर र मौन बालेन

संसद्को पहिलो बैठक: बोलक्कड महावीर र मौन बालेन

२०८२ भाद्र १४, शनिबार ०८:४०
कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

२०८२ भाद्र १४, शनिबार ०८:४०
समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

२०८२ भाद्र १४, शनिबार ०८:४०

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व