आधुनिकता विस्तारै गाउँ-घर पस्यो
सभ्यता मासिने यो मनमा डर पस्यो
भाषा संस्कृति सभ्यता सबै मासियो
दलाल मार्फत देश-भित्र डलर पस्यो
विकास पनि गाडी चढेर आयो गाउँ
समृद्धि मेरो गाउँमा नि भरखर पस्यो
तिम्रो विकासको गजब मोडल रहेछ
गाउँमा सडक पुग्यो गाउँ सहर पस्यो
शासकले यसरी हेर्दछन् जनतालाई
मानौ आँखामा केही कसिङ्गर पस्यो
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट










Discussion about this post