Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

इन्जिनियरिङमा स्नातकाेत्तरकाे डिग्री कसरी हासिल गर्ने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १२, २०८२
इन्जिनियरिङमा स्नातकाेत्तरकाे डिग्री कसरी हासिल गर्ने ?
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । पछिल्लाे समय स्नातक तहसम्मकाे अध्ययन सामान्य भइसकेकाे छ । कुनैपनि विषयमा विशेषज्ञता हासिल नगरि ठूला अवसर र सफलता प्राप्त गर्न सकिन्न । प्राविधिक विषय खासगरी इन्जिनियरिङ क्षेत्रमा पनि विशेषज्ञता हासिल गरेपछि नै ठूला अवसर र सफलता प्राप्त हुने गर्दछ ।

इन्जिनियरिङ शिक्षामा स्नातक अर्थात् मास्टर्स अध्ययन गर्नेहरूका लागि नेपाल इन्जिनियरिङ कलेज उत्कृष्ट गन्तव्य रहेकाे छ । ललितपुरकाे प्रयागपाेखरीमा रहेकाे नेक सेन्टर फर पोस्टग्राजुएट स्टडिज (नेक-सिपिएस) मा एम.एस्सी कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरपिस्प्लीनरी वाटर रिसोर्स मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट तथा ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टका विषयमा अध्यापन हुने गर्दछ ।

पाेखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले नेपालकाे माटाे, भूगाेल तथा अन्तराष्ट्रिय बजारकाे माग अनुसार विषयहरूमा अध्यापन गराउँदै आएकाे नेक-सिपिएस कार्यक्रमका कार्यवाहक निर्देशक सह-प्राध्यापक राेवर्ट डंगाेलकाे दावी छ । ‘हामीले मास्टर्स तहमा सञ्चालन गरेका कार्यक्रमहरूले मुलुककाे आवश्यक्तासँगै अन्तराष्ट्रिय बजारकाे मागलाइ समेत संवाेधन गर्न सकेकाे छ । कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरपिस्प्लीनरी वाटर रिसोर्स मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट तथा ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्ट जस्ता विषय समय अनुसारका विशेषज्ञता हासिल गर्ने विषय हुन् ।’ नेक-सिपिएस कार्यवाहक निर्देशक डंगाेल भन्नुहुन्छ ।

स्नातक तहकाे अध्ययनले एउटा फाउन्डेशन बनाएपनि कुनै एउटा विषयमा विशेषज्ञता हासिल गर्नका लागि स्नातकाेत्तर तह अध्ययन गर्नै पर्ने उहाँकाे भनाइ छ । ‘ब्याचलर्स प्राेगामले एउटा फाउन्डेशन त बनाइदिन्छ तर, कुनै एउटा विशेषज्ञता हासिल गर्न मास्टर्स गर्नैपर्छ । बेसिक नलेजलाई डिप (गहिरो) नलेजमा रूपान्तरण गर्न मास्टर्स डिग्री गर्नैपर्छ ।’ डंगाेल भन्नुहुन्छ ।

स्नातकोत्तर तह पुरा गरेपछि उच्च तहको पद र उच्च तलब भएका रोजगारीहरूमा सहज पहुँच पुग्दछ । पछिल्लाे समय धेरै कम्पनी वा संस्थाहरूले स्नातकोत्तर योग्यतालाई प्राथमिकता दिन्छन्, विशेष गरी शैक्षिक, अनुसन्धान र प्रशासनिक क्षेत्रहरूमा । इन्जिनियरिङ क्षेत्रमा पनि स्नातकाेत्तर गर्दा प्राप्त हुने अवसर धेरै रहेकाे कार्यवाहक निर्देशक डंगाेल बताउनु हुन्छ ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेकमा सन् १९९९ देखि पोस्ट ग्राजुएट तहमा ४ वटा विषयमा अध्ययन अध्यापन हुने गरेको छ । एम.एस्सी कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरपिस्प्लीनरी वाटर रिसोर्स मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट तथा ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टका विषयहरू अध्ययन गर्न सकिन्छ । साँझको समयमा पढाई हुने भएकाले सिपिएस कार्यक्रममा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कार्यरत कर्मचारी, फिल्यान्सरहरुको ठूलाे आकर्षण छ । काम गर्दै स्नातकाेत्तर गर्न चाहनेहरुका लागि नेकले सञ्चालन गरेको सिपिएस कार्यक्रम प्रभावकारी छ ।

सामाजिक शैक्षिक संस्थाका रुपमा कलेज स्थापना भएपनि हाल यो कलेज नेपाल सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले गठन गरेको नेपाल इन्जिनियरिङ कलेज सञ्चालक समिति अन्तरगत सञ्चालनमा रहेको छ ।

प्रयाेगात्मक शिक्षण विधि, पूर्णकालिन अनुभवी प्राध्यापक, साेध, अनुसन्धानका लागि समयानुकुल व्यवस्थापन, सर्वसुलभ शुल्क कलेजकाे विशेषता हुन् । ‘हामीसँग स्नातक र स्नातकाेत्तर दुवैमा पूर्णकालिन प्राध्यापकहरू हुनुहुन्छ, साेध र अनुसन्धानलाई प्राथमिकता दिएका छाैं । खानेपानी, हाइड्राेपावर, यातायात व्यवस्थापन लगायत पाठ्यक्रम अनुसार प्रयाेगात्मक अध्ययन विधिहरू अपनाउँछाैं । भने, हामी विद्यार्थीहरूलाई फेलाेसिप समेत दिन्छाैं ।’ कार्यक्रम निर्देशक डंगाेल भन्नुहुन्छ ।

उद्याेग र शिक्षालाई जाेड्दै बजारकाे अवस्था, माग र अवसर हेरेर विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिने गरिएकाे छ । ‘हामी विद्यार्थीहरूलाई कुनै पनि विषयमा व्यवहारिक ज्ञान दिनेमा केन्द्रीत छाैं । हामीले धेरै संघ संस्थाहरूसँग एमओयू गरेका छाैं, भिजिटिङ फ्याकल्टी, एक्सपर्टहरू बाेलाउने, बाेलाउने, डाइरेक्ट इन्डष्ट्रीमा लैजाने गर्दछाैं । विद्यार्थीहरूलाई वास्तविक समस्याहरू देखाउन फिल्डमै लैजान्छाैं ।’ रिसर्च वेसकाे अध्ययनले विद्यार्थीहरूकाे सिकाई बलियाे हुने सह-प्राध्यापक डंगाेलकाे भनाइ छ ।

त्यसाे त नेक सिपिएसबाट हालसम्म एक हजार बढी दक्ष विशेषज्ञ जनशक्ति उत्पादन गरिसकेकाे कलेजकाे दावी छ । प्रतिष्पर्धी बजारमा स्नातकाेत्तर (मास्टर्स) नहुँदा भनेजस्ताे अवसरहरू प्राप्त गर्न नसकिने भएकाेले स्नातकाेत्तर तहकाे शिक्षा अपरिहार्य रहेकाे सह-प्राध्यापक डंगाेलकाे भनाई छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपाली Gen Z का चुनौती र सम्भावना: प्रविधि, अवसर र राष्ट्रिय पहिचानमा जोड
फ्ल्यास हेडिङ

नेपाली Gen Z का चुनौती र सम्भावना: प्रविधि, अवसर र राष्ट्रिय पहिचानमा जोड

कार्तिक ७, २०८३
स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?
विचार/ब्लग

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

भदौ २५, २०८३
आचार्य कृष्णबहादुरको सपना: दलित कर्मकाण्ड पाठशाला’ स्थापना गर्ने
विचार/ब्लग

आचार्य कृष्णबहादुरको सपना: दलित कर्मकाण्ड पाठशाला’ स्थापना गर्ने

भदौ २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सिक्लेसमा पर्यटकको चहलपहल बढ्यो, छ दिनमै तीन हजारभन्दा बढी पुगे

सिक्लेसमा पर्यटकको चहलपहल बढ्यो, छ दिनमै तीन हजारभन्दा बढी पुगे

कार्तिक २२, २०८३
पश्चिम नेपालका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पश्चिम नेपालका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कार्तिक २२, २०८३
इजरायलमा नयाँ सरकार गठनको जिम्मा विपक्षी नेता आइजेनकोटलाई

इजरायलमा नयाँ सरकार गठनको जिम्मा विपक्षी नेता आइजेनकोटलाई

कार्तिक २२, २०८३
गगनलाई देउवाको प्रश्न : कांग्रेस कसरी जोगिन्छ?

गगनलाई देउवाको प्रश्न : कांग्रेस कसरी जोगिन्छ?

कार्तिक २२, २०८३
भीमदत्त–११ मा २८ जनाले लिए २० दिने एआई तालिम

भीमदत्त–११ मा २८ जनाले लिए २० दिने एआई तालिम

कार्तिक २२, २०८३
यू–१९ एसिया कप : दोस्रो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

यू–१९ एसिया कप : दोस्रो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

कार्तिक २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व