Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपालमा सडक दुर्घटना: किन बढ्दैछ जोखिम?

भोज राज भट्ट by भोज राज भट्ट
असार ३२, २०८२
नेपालमा सडक दुर्घटना: किन बढ्दैछ जोखिम?
0
SHARES
121
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेपालमा सडक दुर्घटनाको संख्या दिनप्रतिदिन बढ्दो छ। आज सडकमा निस्कने हरेक नागरिक सडक दुर्घटनाको जोखिम बोक्दै यात्रा गर्न बाध्य छन्। दैनिकजसो सडक दुर्घटनाका समाचारहरू प्रकाशित भइरहेका छन्। यात्रुहरू घरबाट गन्तव्यतिर हिँड्दा फर्केर फर्किन्नन् कि भन्ने डर आम मानिसको मनमा रहेको यथार्थ हो। यस्तो भयावह अवस्था हुँदाहुँदै पनि हामी दुर्घटनाको वास्तविक कारणमाथि गम्भीर रूपमा सोच्न चुकेका छौं।

नेपालमा बढ्दो सडक दुर्घटनाको दोष प्रायः सवारी चालक र यात्रुहरूको लापरवाहीमा मात्र थोपर्ने गरिन्छ। ट्राफिक नियम नमान्ने, गति नियन्त्रण नगर्ने, मोबाइल फोन चलाउने, मद्यपान गरेर सवारी सञ्चालन गर्ने कुरालाई दुर्घटनाको मुख्य कारण मानिन्छ। यद्यपि, यो सत्य हो भन्नेमा दुईमत छैन। तर, नेपालको सन्दर्भमा सडक दुर्घटना सवारी चालकको लापरवाही मात्र नभई संरचनागत र नीतिगत समस्याहरूको मिश्रित परिणाम हो भन्ने कुरा बुझ्न जरुरी छ।

विगत दशकयता नेपालमा सवारी साधनको संख्या तीव्र गतिमा बढेको छ। सडककाे आवश्यकता र यातायातको सुविधालाई मध्यनजर गर्दै ग्रामीण क्षेत्रदेखि सहरसम्म मोटरसाइकल, कार, बस र भारी मालवाहक गाडीहरूको संख्या वृद्धि भइरहेको छ। तर, सवारी चाप अनुसारको पूर्वाधार निर्माणमा राज्य र स्थानीय तहले ध्यान दिन सकेका छैनन्। साँघुरा र जीर्ण सडकहरू, खाल्टामय सतह, बारम्बार भत्किने मोड र जथाभावी बाटो विस्तारको कारणले अत्यधिक सवारी चापले दुर्घटनाको जोखिम बढाइरहेको छ। सवारी चाप व्यवस्थापन गर्न नसक्दा सवारी साधन र संरचनाको असन्तुलन खतरनाक अवस्थामा पुगेको छ।

अर्कोतर्फ सडक पूर्वाधार निर्माणमा देखिएको असारे विकास र डोजर आतंक नेपालमा सडक दुर्घटनाको अर्को प्रमुख कारक बनेका छन्। निर्माण बजेट सकाउने नाममा हतारहतार सडक निर्माण गरिन्छ, तर गुणस्तरको ग्यारेन्टी गरिदैन। वर्ष दिन नबित्दै सडकमा खाल्टाहरू पर्न थाल्छन्। त्यस्ता असुरक्षित सडकहरूमा सवारी सञ्चालन गर्दा चालकले चाहेर पनि सुरक्षित यात्रा गर्न सक्दैनन्। ग्रामीण क्षेत्रमा इन्जिनियरिङ सल्लाह विना डोजर चलाएर खोलिएका अनियोजित सडकहरू पहिरोले भत्किन्छन्। त्यसमा सवारी सञ्चालन गर्दा जोखिम अझ बढ्छ। त्यस्ता सडकहरू एकातिर विकासको नाममा उद्घाटन गरिन्छ, अर्कोतिर सवारी दुर्घटनाको कारण बन्छन्।

शहरी क्षेत्रमा राखिएका डिभाइडरहरूको असुरक्षित डिजाइन र रातमा देखिने व्यवस्था नहुनु अर्को समस्या हो। नियोजन बिना राखिएका डिभाइडरहरू रातको समयमा आकस्मिक रूपमा देखिने र गाडी ठोक्किने समस्या छ। प्रतिबिम्ब, संकेत बोर्ड र उचित रङ प्रयोग नगरी राखिएका यस्ता डिभाइडरहरू सडक सुरक्षाका लागि सहायता बन्नुको सट्टा दुर्घटनाका कारक बनेका छन्।

नेपालका सहरी तथा ग्रामीण सडकमा छाडा चौपाया र जनावरहरूको समस्या पनि सडक दुर्घटनाको महत्वपूर्ण कारण हो। गाई, बाच्छा, कुकुर, बाख्रा जस्ता जनावरहरू सडकमा जथाभावी हिँड्दा चालक अनायासै गाडी रोक्न बाध्य हुन्छन्। कतिपटक आकस्मिक रूपमा रोक्ने क्रममा सवारी पल्टिने र ठोक्किने जस्ता घटनाहरू बढेका छन्। तर, राज्यले छाडा चौपाया व्यवस्थापन गर्न कुनै प्रभावकारी रणनीति ल्याउन सकेको छैन।

यसैबीच, सवारी चालकहरूले मादक पदार्थ सेवन गरेर गाडी चलाउने, मोबाइल चलाउँदै गाडी हाँक्ने, ओभरटेक गर्ने, ट्राफिक नियम अवज्ञा गर्ने प्रवृत्ति अझै नियन्त्रणमा आएको छैन। यस्ता लापरवाही प्रवृत्तिले दुर्घटनामा महत्वपूर्ण भूमिका खेलिरहेको छ। यद्यपि, संरचनागत समस्या र पूर्वाधारको विफलतासँग जब यी मानवीय कमजोरीहरू मिसिन्छन्, दुर्घटनाको जोखिम झनै भयावह हुने गर्दछ।

यस्ता समस्याहरूको समाधानका लागि राज्य र स्थानीय तहहरू गम्भीर बन्नुपर्ने आवश्यकता छ। सडक संरचनालाई मापदण्ड अनुसार स्तरीय बनाउने, खाल्टामुक्त र सुरक्षित सडक निर्माण गर्ने, डोजर आतंकलाई नियन्त्रण गर्ने र योजना सहित पूर्वाधार निर्माणमा ध्यान दिने बेला आएको छ। सवारी साधनको चाप अनुसार दीर्घकालीन यातायात योजना तयार पार्न सकिएन भने आगामी वर्षहरूमा दुर्घटनाको समस्या अझ गम्भीर बन्नेछ। शहरी सडकमा राखिने डिभाइडरहरू नियोजित ढंगले बनाउने, प्रतिबिम्ब र चेतावनी चिन्ह राख्ने व्यवस्था गर्नुपर्ने हुन्छ। मादक पदार्थ सेवन नियन्त्रण गर्न कडा निगरानी र कारवाही प्रणाली लागू गर्नु जरुरी छ। छाडा चौपाया नियन्त्रणका लागि छुट्टै कानून र कार्यक्रम ल्याउन सकिन्छ।

नेपालमा सडक दुर्घटना कुनै एक वर्ग वा समूहको गल्ती नभई सम्पूर्ण नीति, पूर्वाधार, व्यवस्थापन र चेतनाको कमजोरी मिलेर बनेको साझा समस्या हो। दुर्घटनालाई नियति हैन, व्यवस्थापन योग्य संकट भनेर बुझ्ने र त्यसको समाधानतर्फ सचेत पहल गर्ने बेला आएको छ। सवारी चाप दिनप्रतिदिन बढ्दै गएको छ भने संरचना त्यसको भार थेग्न असक्षम बन्दै गइरहेको अवस्था आफैंमा एक चेतावनी हो। अब निर्णय हामी सबैले गर्नु छ – सडक दुर्घटनालाई नियति ठानेर स्वीकार गर्ने कि, समृद्ध र सुरक्षित भविष्यका लागि व्यवस्थित समाधान खोज्ने।

भोज राज भट्ट

भोज राज भट्ट

सम्बन्धित

नीति, नियत र नियती !
विचार/ब्लग

नीति, नियत र नियती !

असार १०, २०८३
ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’
विचार/ब्लग

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

असार ३, २०८३
ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती
विचार/ब्लग

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

जेष्ठ २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

असार १०, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

असार १०, २०८३
विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

असार १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व