Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

प्रकाश भट्ट by प्रकाश भट्ट
असार १०, २०८३
स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकाले आफ्नो १९औँ नगरसभा सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। बुधबार आयोजित नगरसभा मार्फत नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको अनुमानित बजेट सार्वजनिक गरेको हो।

नगरसभामा सभाअध्यक्ष एवम् नगरप्रमुख भोजराज बोहराले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख बोहराले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको बताउनुभएको छ। यसै गरी फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना, प्राविधिक शिक्षाका लागि छात्रवृत्ति, विपद् व्यवस्थापन एवम् शैक्षिक गुणस्तर सुधार जस्ता महत्वपूर्ण कार्यक्रमहरू अघि सारेर समृद्ध, सुरक्षित र व्यवस्थित नगर निर्माण गरिने उहाँले उल्लेख गर्नुभएको छ।

यसै गरी, नगरसभामा उपप्रमुख तुलसी जोशीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल १ अर्ब ३ करोड ५६ लाख ३६ हजार ६७ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको छ। प्रस्तुत बजेटमा सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, सशर्त, विशेष तथा समपूरक अनुदान, प्रदेश सरकारबाट प्राप्त विभिन्न अनुदान, आन्तरिक आय, सामाजिक सुरक्षा भत्ता तथा चालु आर्थिक वर्षको बचत रकम समावेश गरिएको उपप्रमुख जोशीले जानकारी दिनुभएको छ।

नगरसभाको अवसरमा ‘उच्च शिक्षा सहयोग वितरण कार्यविधि २०८२’ बमोजिम अध्ययन प्रोत्साहन स्वरूप विद्यावारिधि र एमबीबीएस अध्ययनरत ५ जना विद्यार्थीहरूलाई प्रतिव्यक्ति ५१ हजार रुपैयाँ नगद प्रदान गरिएको छ। यसका साथै, नगरपालिकामा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई समेत जनही ५ हजार १ सय रुपैयाँ नगदसहित सम्मान पत्रद्वारा सम्मानित गरिएको छ।

नगरसभाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट व्यापक छलफलपछि बहुमतले पारित गरिएको नगरपालिकाका प्रवक्ता चित्र देव भट्टले जानकारी दिनुभयो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ
अर्थतन्त्र

सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

अशोज ८, २०८३
१६ वर्षको प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजना उत्पादनको चरणमा
अर्थतन्त्र

१६ वर्षको प्रतीक्षापछि राहुघाट जलविद्युत् आयोजना उत्पादनको चरणमा

अशोज ८, २०८३
भोटेकोशी बाढीले जलविद्युत् र वित्तीय क्षेत्रमा गहिरो असर
अर्थतन्त्र

भोटेकोशी बाढीले जलविद्युत् र वित्तीय क्षेत्रमा गहिरो असर

अशोज ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढीपछिको पुनर्निर्माणमा नेपाललाई अमेरिकाको ३ करोड १० लाख डलर सहयोग

बाढीपछिको पुनर्निर्माणमा नेपाललाई अमेरिकाको ३ करोड १० लाख डलर सहयोग

अशोज ८, २०८३
बैतडीका १० वटै पालिकामा कांग्रेसको नेतृत्व निर्विरोध चयन

बैतडीका १० वटै पालिकामा कांग्रेसको नेतृत्व निर्विरोध चयन

अशोज ८, २०८३
सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

सुनको मूल्यमा गिरावट, प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ

अशोज ८, २०८३
बाढीपछिको पुनर्निर्माणमा जर्मनीसँग सहयोग मागे परराष्ट्रमन्त्री खनाल

बाढीपछिको पुनर्निर्माणमा जर्मनीसँग सहयोग मागे परराष्ट्रमन्त्री खनाल

अशोज ८, २०८३
करातेका तेन्जिङले दिलाए नेपाललाई कांस्य पदक

करातेका तेन्जिङले दिलाए नेपाललाई कांस्य पदक

अशोज ८, २०८३
आज प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता, यूएन महासभामा सम्बोधन

आज प्रधानमन्त्री शाहको गुटेरेससँग भेटवार्ता, यूएन महासभामा सम्बोधन

अशोज ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व