कञ्चनपुर – युनिसेफ नेपालको सरसफाई तथा स्वच्छता कार्यक्रमअन्तर्गत कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा निर्माणाधीन १५ सय्याको आधुनिक नगर अस्पतालको अनुगमन गरिएको छ।
नगरप्रमुख किशोर कुमार लिम्बुको नेतृत्वमा युनिसेफका प्रतिनिधि विश्वराज भट्टसहितको टोलीले अस्पतालको निर्माण प्रगति र भावी सेवा प्रवाहको तयारीबारे जानकारी लिन निरीक्षण गरिएको हो।
युनिसेफले दोधारा चाँदनी नगर अस्पताल र चाँदनी स्वास्थ्य चौकीमा सरसफाई तथा स्वच्छता व्यवस्थापनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। संस्थाले अस्पतालमा स्तरीय सेवा प्रवाह, सरसफाई र जनस्वास्थ्यको गुणस्तर अभिवृद्धिका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।
यसअघि पनि युनिसेफले विभिन्न स्थानीय तहमा सरसफाई, पोषण, र बालमैत्री स्वास्थ्य सेवाका क्षेत्रमा साझेदारी गर्दै आएको छ।










Discussion about this post