Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चितवन राइनोजको कमाइको ५ प्रतिशत गैँडा संरक्षणमा खर्च हुने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक १०, २०८३
चितवन राइनोजको कमाइको ५ प्रतिशत गैँडा संरक्षणमा खर्च हुने
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी क्रिकेट क्लब चितवन राइनोजले दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा योगदान गर्ने भएको छ। क्लबले आफ्ना टिसर्टलगायत सामग्री बिक्रीबाट प्राप्त रकमको पाँच प्रतिशत गैँडा संरक्षणमा खर्च गर्ने जनाएको छ।

चितवनको पहिचानसँग जोडिएको एकसिङ्गे गैँडालाई क्रिकेटमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै आएको क्लबले संरक्षण अभियानलाई पनि अघि बढाएको हो। चितवन राइनोज स्पोर्ट्स क्लबका अध्यक्ष आयुष न्यौपानेले गैँडासँग क्लबको नाम जोडिएकाले यसको संरक्षणमा योगदान गर्न लागेको बताउनुभयो।

चितवन मेडिकल कलेजको भगिनी संस्थाका रूपमा रहेको चितवन राइनोजले चितवन राष्ट्रिय निकुञ्जको प्रमुख आकर्षण एकसिङ्गे गैँडाको तस्बिर र सन्देशमार्फत संरक्षणको महत्त्व प्रचार गर्दै आएको छ।

एनपीएलको पहिलो संस्करणमा चौथो स्थान हासिल गरेको चितवन राइनोज दोस्रो संस्करणमा सातौँ भएको थियो। यसपटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिन लागेको क्लबका निर्देशक प्रताप देवकोटाले बताउनुभयो।

क्लबको समर्थनमा चितवनका वीरेन्द्र क्याम्पस चौर, विशाल चोक, दीपेन्द्र चोकस्थित चितवन स्पाइसी हर्बलगायत विभिन्न स्थानमा खेलको प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको छ।

चितवन राइनोजले गैँडा संरक्षणसँगै स्थानीय क्लबलाई सहयोग, बाढी प्रभावितलाई राहत तथा जिल्लामा आयोजना हुने सांगीतिक कार्यक्रमलाई प्रायोजन गर्दै आएको निर्देशक देवकोटाले बताउनुभयो।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले चितवनको नाममा स्थापित क्लब एनपीएलमा सहभागी हुनु जिल्लाका लागि गौरवको विषय भएको बताउनुभयो। उहाँले खेलकुदले अनुशासन विकास गर्नुका साथै सर्वसाधारणलाई खेलप्रति आकर्षित गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।

चितवनमा एनपीएलको माहोल बढ्दै जाँदा होटल, रेस्टुरेन्ट तथा सार्वजनिक स्थानमा खेल हेर्ने दर्शकको चहलपहल बढेको छ। जिल्लाका विभिन्न स्थानमा चितवन राइनोजको लोगो अङ्कित झण्डासमेत राखिएका छन्।

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ र उपविजेताले ८० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले लिस्ट ‘ए’ टी–२० को आधिकारिक मान्यता दिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लुला दा सिल्भा चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपति निर्वाचित
फ्ल्यास हेडिङ

लुला दा सिल्भा चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपति निर्वाचित

कार्तिक १०, २०८३
सुनको भाउ एकैदिन ३ हजारले बढ्यो
अर्थ/ब्यापार

सुनको भाउ एकैदिन ३ हजारले बढ्यो

कार्तिक १०, २०८३
श्रीलङ्काका कुशल परेरा एनपीएलमा जनकपुरबाट खेल्ने
फ्ल्यास हेडिङ

श्रीलङ्काका कुशल परेरा एनपीएलमा जनकपुरबाट खेल्ने

कार्तिक १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चितवन राइनोजको कमाइको ५ प्रतिशत गैँडा संरक्षणमा खर्च हुने

चितवन राइनोजको कमाइको ५ प्रतिशत गैँडा संरक्षणमा खर्च हुने

कार्तिक १०, २०८३
लुला दा सिल्भा चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपति निर्वाचित

लुला दा सिल्भा चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपति निर्वाचित

कार्तिक १०, २०८३
सुनको भाउ एकैदिन ३ हजारले बढ्यो

सुनको भाउ एकैदिन ३ हजारले बढ्यो

कार्तिक १०, २०८३
श्रीलङ्काका कुशल परेरा एनपीएलमा जनकपुरबाट खेल्ने

श्रीलङ्काका कुशल परेरा एनपीएलमा जनकपुरबाट खेल्ने

कार्तिक १०, २०८३
प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा

प्रधानमन्त्री राहत कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा

कार्तिक १०, २०८३
एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुँदै

एनपीएलमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुँदै

कार्तिक १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व