काठमाडौं । केही दिनदेखि लगातार घटिरहेको सुनचाँदीको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज एकैदिन तोलामा ३ हजार रुपैयाँले बढेको हो।
मूल्यवृद्धिसँगै आज सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। दशैँपछि पहिलो कारोबार दिन हिजो सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि नेपाली बजारमा पनि दशैँका बेला सुनको भाउ घटेको महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ४० रुपैयाँले बढेको छ। हिजो ३ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर प्रतितोला ३ हजार ९९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ










Discussion about this post