Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको भीमदत्त -१३ मा ऐलानी जग्गा नाप जाँच सुरु

प्रकाश भट्ट by प्रकाश भट्ट
२०८२ जेष्ठ १४, बुधबार ०७:२२
कञ्चनपुरको भीमदत्त -१३ मा ऐलानी जग्गा नाप जाँच सुरु
0
SHARES
504
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – भीमदत्त नगरपालिका वडा नम्बर १३ मा ऐलानी जग्गा नाप जाँचको कार्य मङ्गलवार देखी सुरु भएको छ। वडाध्यक्ष राम बहादुर बोहरा (झक्कास)ले वडाको दक्षिणी भेग हात्तीसारबाट नाप जाँच सुरु गरिएको जानकारी दिए। यो कार्यले वर्षौँदेखि भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबास गरिरहेका नागरिकलाई जमिनको मालिक बनाउने लक्ष्य राखिएको छ।

वडाध्यक्ष झक्कासले भने, “मेयर पदम बोगटीको निर्देशनअनुसार हामीले अव्यवस्थित बसोबासीको जमिन नाप जाँच सुरु गरेका छौँ। पहिलो चरणमा अव्यवस्थित बसोबासीको जमिन नाप्छौँ, त्यसपछि भूमिहीन दलित र सुकुमबासीका लागि जमिन खोज्ने छौँ।” उनले चुनावी प्रतिबद्धताअनुसार जनतालाई जमिनको स्वामित्व दिलाउने सङ्कल्प व्यक्त गरे। छुटेका व्यक्तिहरूलाई समावेश गर्न भूमि समस्या समाधान आयोगसँग छलफल गरिने उनले बताए।

वडा सचिव हर्क बहादुर धामीका अनुसार, यसअघि भूमिहीन दलिततर्फ १३, सुकुमबासीतर्फ ३ र अव्यवस्थित बसोबासीतर्फ ३१८ जनाले फारम भरेका छन्। नाप जाँच सुरु भएसँगै जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरणको प्रक्रिया आयोगमार्फत अघि बढ्ने उनले बताए।

भूमि समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकाश पन्तले वडा नम्बर १३ लाई भूमिसम्बन्धी समस्या समाधानमा अग्रसर हुन जोड दिए। आयोगका केन्द्रीय अध्यक्ष हरि प्रसाद रिजालले देशभर जमिन नाप जाँच र लालपुर्जा वितरणको काम तीव्र गतिमा अघि बढिरहेको बताए।

भीनपाका मेयर पदम बोगटीले नगरका सबै वडामा भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासी र भूमिहीन दलितलाई जमिनको मालिक बनाउने प्रतिबद्धता दोहोर्‍याए। उनले सबै वडा र जिम्मेवार निकायलाई यसतर्फ गम्भीर भएर लाग्न निर्देशन दिएका छन्।

यसअघि कञ्चनपुरका दोधारा-चाँदनी, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर र बेलौरीमा लालपुर्जा वितरण गरिएको थियो। हात्तीसारबाट सुरु भएको नाप जाँचले वडा १३ का भूमिहीन जनतामा जमिनको मालिक बन्ने आशा पलाएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

ऊर्जा मन्त्री घिसिङ पार्टी निर्माणको अन्तिम तयारीमा
देश/राष्ट्रिय

ऊर्जा मन्त्री घिसिङ पार्टी निर्माणको अन्तिम तयारीमा

२०८२ जेष्ठ १४, बुधबार ०७:२२
शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार छैन : मन्त्री पुन
देश/राष्ट्रिय

शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार छैन : मन्त्री पुन

२०८२ जेष्ठ १४, बुधबार ०७:२२
कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने भएकाले गलत हल्लाका पछाडि नलाग्न बोर्डको आग्रह
देश/राष्ट्रिय

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ७३ प्रतिशतभन्दा धेरै विद्यार्थी उत्तीर्ण

२०८२ जेष्ठ १४, बुधबार ०७:२२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

केही दिन ठूलो पानी नपर्ने

धेरै ठाउँको मौसम सफा, कोशी र गण्डकीका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

२०८२ जेष्ठ १४, बुधबार ०७:२२
ऊर्जा मन्त्री घिसिङ पार्टी निर्माणको अन्तिम तयारीमा

ऊर्जा मन्त्री घिसिङ पार्टी निर्माणको अन्तिम तयारीमा

२०८२ जेष्ठ १४, बुधबार ०७:२२
वेदकोट-९ ले जित्यो मेयर कपको उपाधि, खेलकुद विकासमा नगरपालिकाको निरन्तरता

वेदकोट-९ ले जित्यो मेयर कपको उपाधि, खेलकुद विकासमा नगरपालिकाको निरन्तरता

२०८२ जेष्ठ १४, बुधबार ०७:२२
शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार छैन : मन्त्री पुन

शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार छैन : मन्त्री पुन

२०८२ जेष्ठ १४, बुधबार ०७:२२
कक्षा १२ को परीक्षा निर्धारित समयमै हुने भएकाले गलत हल्लाका पछाडि नलाग्न बोर्डको आग्रह

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ७३ प्रतिशतभन्दा धेरै विद्यार्थी उत्तीर्ण

२०८२ जेष्ठ १४, बुधबार ०७:२२
नेपाली क्रिकेटका धरोहर शरद भेषावकरको सन्न्यास, सन्दीप लामिछानेले गरे भावुक पोस्ट!

नेपाली क्रिकेटका धरोहर शरद भेषावकरको सन्न्यास, सन्दीप लामिछानेले गरे भावुक पोस्ट!

२०८२ जेष्ठ १४, बुधबार ०७:२२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व