काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरू भएको छ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बसेको हो ।
बैठकमा रास्वपा सभापति लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत सहभागी छन् । अर्थमन्त्री स्वर्णिम वाग्ले पनि बैठकमा सहभागी भएका छन् ।
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो । बाढीबाट प्रभावित क्षेत्रमा अहिले पनि खोज तथा उद्धारको काम जारी छ।
बैठकमा बाढीबाट भएको क्षति, उद्धार तथा राहत व्यवस्थापन र प्रभावित क्षेत्रको पुनर्स्थापनाका विषयमा छलफल हुने बताइएको छ ।










Discussion about this post