Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोटमा २ सय घरधुरीलाई विद्युतीय चुलो र भाँडा वितरण

मनिषा भट्ट by मनिषा भट्ट
जेष्ठ ६, २०८२
वेदकोटमा २ सय घरधुरीलाई विद्युतीय चुलो र भाँडा वितरण
0
SHARES
374
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकामा स्थानीय बासिन्दालाई विद्युतीय चुलो, कढाई र कुकर वितरण गरिएको छ। वेदकोट उपभोक्ता समितिको आयोजना, पालिका र हिमाली प्रकृति कनेक्ट परियोजनाको आर्थिक सहयोग तथा साडा नेपालको सहकार्यमा मध्यवर्ती क्षेत्रका २ सय जनालाई यी सामग्री वितरण गरिएको हो।

सामग्री वितरण कार्यक्रमको सभाध्यक्षता वेदकोट उपभोक्ता समितिकी अध्यक्ष भानमती खडायतले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख भोजराज बोहरा र विशिष्ट अतिथि उपप्रमुख तुलसी जोशी रहनुभएको थियो।

यसैगरी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज व्यवस्थापन समितिका अध्यक्ष लब विष्ट, वेदकोट नगरपालिका वडा नम्बर १ र १० का वडा अध्यक्षहरू, कनेक्ट परियोजनाका टिम प्रमुख, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत, जेडएसएल नेपालका शुक्लाफाँटा प्रमुख, एनटिएनसीका प्रतिनिधिहरू, वडा सदस्यहरू र उपभोक्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन वेदकोट उपभोक्ता समितिका सचिव पदमराज पाण्डेयले गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भोजराज बोहराले जनतालाई आवश्यक पर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गइरहेको परिवेशमा जंगली जनावरबाट हुने क्षति कम गर्न वैकल्पिक खेतीतर्फ आकर्षित हुन आवश्यक रहेको उहाँले बताउनुभयो। यसका लागि अदुवा-बेसार जातको खेती प्रवर्द्धन गर्ने र त्यसको बजारीकरण व्यवस्थापनको जिम्मा पालिकाले लिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

बोहराले विगतमा स्थानीय बासिन्दाको दाउरा र घाँसका लागि जंगलमा निर्भरता रहने गरेको स्मरण गर्दै अहिले सरकारले जंगललाई आफ्नो क्षेत्र घोषणा गरेपछि बस्तीलाई समस्या भएको बताउनुभयो। उहाँले द्वन्द्व कम गर्न बस्तीमै घाँस-स्याउला दिने रूख रोप्ने र दाउराको विकल्प बस्तीमै दिन सके मानव र वन्यजन्तुबीचको द्वन्द्व घट्ने भएकाले विद्युतीय चुलो वितरण गरिएको स्पष्ट पार्नुभयो।

विशिष्ट अतिथि उपप्रमुख तुलसी जोशीले आफूले पनि विगतमा जंगल गएर घाँस-दाउरा ल्याएको स्मरण गर्दै अहिले जंगल जाने दिन कम भएको र महिलाहरूले त्यो समयमा बढी जंगलमा नै काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। तर, अब विद्युतीय चुलोले दाउराको प्रयोगमा कमी ल्याई स्वस्थ जीवन जिउन मद्दत पुग्ने उहाँले बताउनुभयो। दाउरा र ग्यासले मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने र सबैभन्दा बढी महिलाहरूले भान्सामा धेरै समय बिताउने भएकाले उनीहरू बढी जोखिममा रहने हुँदा यो विद्युतीय चुलो जोखिम कम गर्न वितरण गरिएको जोशीले उल्लेख गर्नुभयो।

वेदकोट नगरपालिका-१० की माया शार्कीले अब दाउराको भर नपरी विद्युतीय चुलोको प्रयोग गर्ने बताउनुभयो। जंगल गएर दाउरा ल्याउनुपर्ने र ग्यास खरिद गर्न आर्थिक अभाव रहने गरेकोमा अब विद्युतीय चुलोमा खाना बनाएर खुसीका साथ बस्ने उहाँले बताउनुभयो। शार्कीले सहयोगी दाता र पालिकालाई धन्यवाद समेत व्यक्त गर्नुभयो।

मनिषा भट्ट

मनिषा भट्ट

सम्बन्धित

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन
फ्ल्यास हेडिङ

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन

भदौ २०, २०८३
भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कन्चनपुर

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

अशोज ५, २०८३
निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

अशोज ५, २०८३
सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

अशोज ५, २०८३
ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३
प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

अशोज ५, २०८३
८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

अशोज ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व