सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हिमालयन एकेडेमीको २० औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ मा रहेको हिमालयन एकेडेमीले आफ्नो २० औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। सोमबार सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर चन्दको सभापतित्व रहेको थियो भने सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र रावल प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक तिलक सिंह भाटले गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरेका थिए भने सुदूरपश्चिमका चर्चित देउडा गायकहरूले समेत मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए।

Mahakali Polytechnic

त्यसैगरी कार्यक्रममा समाज विकास तथा सुधारमा महत्वपूर्ण योगदान पुर्याउने पाँचजना व्यक्तित्वहरूलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो। साथै, विद्यालयद्वारा सञ्चालन गरिएका परीक्षाहरू तथा अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विशेष रूपमा सम्मान गरिएको प्रधानाध्यापक भाटले जानकारी दिनुभयो।

World Link Ads

Sana Kishan

कार्यक्रमका प्रमुख अतिथि एवम् सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र रावलले विद्यालयले स्थानीय स्तरमा पुर्याएको योगदान सराहनीय रहेको उल्लेख गर्नुभयो। साथै, उहाँले हिमालयन एकेडेमीले विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार्न मात्र नभई उनीहरूको व्यक्तित्व विकासमा समेत महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो। विद्यालयको समर्पण र शिक्षण पद्धति उच्चस्तरको रहेको र यसको निरन्तरता आवश्यक रहेको उहाँको भनाइ थियो।

त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि भीमदत्त नगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रविन्द्र सिंह देवकोटाले विद्यालयले विगत २० वर्षदेखि यस क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो।

कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, समाजसेवी तथा मिडियाकर्मीको उत्साहजनक उपस्थिति रहेको थियो।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds