कनञ्चपुर । नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा महादेव जोशी सर्वसम्मत निर्वाचित भएका छन्। नेकपा एमाले निकट निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश समितिको बिहीबार महेन्द्रनगरमा सम्पन्न दोस्रो अधिवेशनबाट जोशी अध्यक्षमा चयन भएका हुन्। यसअघि महासचिवको जिम्मेवारी सम्हालेका जोशी अब संगठनको नेतृत्वमा पुगेका छन्।
नवगठित कार्यसमितिमा उपाध्यक्ष बालकृष्ण जोशी, महिला उपाध्यक्ष महेश्वरी विष्ट, महासचिव धर्मराज चौधरी, समावेशी सचिव झलक दौल्याल, सचिव लक्ष्मण दत्त भट्ट, सचिव विष्णु प्रसाद जैसी, कोषाध्यक्ष रुपक खड्का चयन भएका छन्। साथै, सदस्यहरूमा गोबिन्दी लोथ्याल, अनुजा कुमारी जोशी, रामसिंह धामी, जनकराज कलौनी, लोकेन्द्र प्रसाद भट्ट, कर्ण बहादुर जैसी, अनिल विष्ट, चानुराम राना, नयनराज साउद, नरराज पाण्डेय र धौले सार्की रहेका छन्।
नव-निर्वाचित अध्यक्ष महादेव जोशी हाल वेदकोट नगरपालिकामा सब-इन्जिनियरका रूपमा कार्यरत छन्। उनले संगठनलाई अझ चुस्त-दुरुस्त बनाउने र निजामती कर्मचारीहरूको व्यवसायिक हकहितको संरक्षणमा कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
