Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा २७ हजार ७ सय ६५ किशोरीलाई एचपिभी खोप दिईने

प्रकाश भट्ट by प्रकाश भट्ट
माघ १५, २०८१
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुर जिल्लामा २७ हजार ७ सय ६५ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप दिइने भएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरले राष्ट्रिय खोप अभियानअन्तर्गत जिल्लाका किशोरीहरूलाई खोप दिने तयारी अघि बढाएको हो।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीका अनुसार अभियान माघ २२ गतेदेखि सुरु भई फागुन ६ गतेसम्म सञ्चालन हुनेछ। यो अभियानमार्फत विद्यालयमा अध्ययनरत २६ हजार ८ सय २ र विद्यालयबाहिर रहेका ९ सय ६३ किशोरीलाई खोप प्रदान गरिनेछ।

जिल्लाभर ४ सय २६ खोप केन्द्रमार्फत खोप दिइने व्यवस्था गरिएको छ। स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत जोशीले यसअघि खोप लगाइसकेका किशोरीलाई दोहोर्याएर नलगाइने जानकारी दिए।

स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार विद्यालयभित्र ४ सय २६ र विद्यालयबाहिर ८२ खोप केन्द्र सञ्चालन हुनेछन्। खोप अभियानमा ४ सय २६ स्वास्थ्यकर्मी र ८ सय ५२ स्वास्थ्य स्वयंसेवक परिचालित हुनेछन्। खोप अभियानमा १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरू र कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थी सहभागी हुनेछन्।

सुदूरपश्चिम प्रदेशभरि २ लाख १ हजार ९ सय ३४ किशोरीलाई खोप दिने लक्ष्य रहेको जनाइएको छ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनक कुँवरले राष्ट्रिय खोप अभियान सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए। मंगलबार पत्रकारहरूसँग आयोजित छलफलमा नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीले पत्रकारहरूको समेत अभियानमा सक्रिय भूमिका रहने प्रतिबद्धता जनाए।

स्वास्थ्य कार्यालयले किशोरीहरूलाई तोकिएको समयमै खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३
कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त
स्वास्थ्य

कादिर आलम नेपाल फार्मेसी परिषद्को अध्यक्ष नियुक्त

साउन २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्रिय सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु

राष्ट्रिय सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु

साउन २८, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

शेयर बजार ८.८१ अंकले बढ्यो, कारोबार ३ अर्ब ७२ करोड

साउन २८, २०८३
अर्थ समितिद्वारा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न निर्देशन

अर्थ समितिद्वारा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न निर्देशन

साउन २८, २०८३
स्वदेश फर्किए कांग्रेस पूर्वसभापति देउवा

स्वदेश फर्किए कांग्रेस पूर्वसभापति देउवा

साउन २८, २०८३
जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्धः अर्थमन्त्री वाग्ले

साउन २८, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनको भाउ घट्यो, चाँदी बढ्यो

साउन २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व