सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा २७ हजार ७ सय ६५ किशोरीलाई एचपिभी खोप दिईने

कञ्चनपुर – कञ्चनपुर जिल्लामा २७ हजार ७ सय ६५ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप दिइने भएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरले राष्ट्रिय खोप अभियानअन्तर्गत जिल्लाका किशोरीहरूलाई खोप दिने तयारी अघि बढाएको हो।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीका अनुसार अभियान माघ २२ गतेदेखि सुरु भई फागुन ६ गतेसम्म सञ्चालन हुनेछ। यो अभियानमार्फत विद्यालयमा अध्ययनरत २६ हजार ८ सय २ र विद्यालयबाहिर रहेका ९ सय ६३ किशोरीलाई खोप प्रदान गरिनेछ।

जिल्लाभर ४ सय २६ खोप केन्द्रमार्फत खोप दिइने व्यवस्था गरिएको छ। स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत जोशीले यसअघि खोप लगाइसकेका किशोरीलाई दोहोर्याएर नलगाइने जानकारी दिए।

स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार विद्यालयभित्र ४ सय २६ र विद्यालयबाहिर ८२ खोप केन्द्र सञ्चालन हुनेछन्। खोप अभियानमा ४ सय २६ स्वास्थ्यकर्मी र ८ सय ५२ स्वास्थ्य स्वयंसेवक परिचालित हुनेछन्। खोप अभियानमा १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरू र कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थी सहभागी हुनेछन्।

Mahakali Polytechnic

सुदूरपश्चिम प्रदेशभरि २ लाख १ हजार ९ सय ३४ किशोरीलाई खोप दिने लक्ष्य रहेको जनाइएको छ।

World Link Ads

स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनक कुँवरले राष्ट्रिय खोप अभियान सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए। मंगलबार पत्रकारहरूसँग आयोजित छलफलमा नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीले पत्रकारहरूको समेत अभियानमा सक्रिय भूमिका रहने प्रतिबद्धता जनाए।

Sana Kishan

स्वास्थ्य कार्यालयले किशोरीहरूलाई तोकिएको समयमै खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds