लगातार तीन कारोबार दिन घटेर दुई दिन स्थिर रहेको शेयर बजार आज बढेको छ। नेप्से परिसूचक ८.८१ अंकले बढेर २ हजार ६५१.२१ विन्दुमा पुगेको छ।
आज १७१ कम्पनीको शेयर बढ्दा ८६ कम्पनीको घटेको छ। सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावरको शेयर १५ प्रतिशत बढेको छ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। आज ३४७ कम्पनीका १ करोड २ लाख कित्ता शेयर ३ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएका छन्।










Discussion about this post