नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारपछि आज स्वदेश फर्किनुभएको छ । उहाँ दिउँसाे साढे १२ बजे काठमाण्डाैकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएकाे हाे ।
गएकाे भदौ २४ गते नवयुवा आन्दोलनका क्रममा गम्भीर घाइते हुनुभएका देउवा उपचारका लागि पत्नी आरजु राणा देउवासहित सिङ्गापुर प्रस्थान गर्नुभएको थियो । देउवा पत्नी आरजु भने स्वदेश फर्किनुभएकाे छैन ।
५ महिनाभन्दा धेरै समयपछि स्वदेश फर्किनुभएका देउवालाई स्वागत गर्न विमानस्थलमा कांग्रेसका नेताहरूको बाक्लो उपस्थिति रहेको थियो ।










Discussion about this post