प्रतिनिधिसभाको अर्थ समितिले अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार तथा व्यवस्थापन सुधार गर्न सरकारलाई निर्देशन दिएको छ।
बिहीबार बसेको समितिको बैठकले अध्यागमन र भन्सार कार्यालयका साँघुरा परिसर विस्तार गर्न तथा विमानस्थलका भौतिक संरचनाको नियमित मर्मतसम्भार गर्न निर्देशन दिएको हो।
त्यस्तै, उद्योगका लागि प्रतिस्पर्धी दरमा गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न तथा जलविद्युत् क्षेत्रमा लगानी र लगानीकर्ताको सुरक्षा प्रत्याभूत गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले जानकारी दिए।
समितिले विभिन्न विषयमा १३ बुँदे निर्देशन दिएको छ।










Discussion about this post