सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सरकार भ्रष्टाचारी जोगाउन मात्रै सिपालु छ : प्रचण्ड

कञ्चनपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड)ंले वर्तमान काँग्रेस–एमाले नेतृत्वको सरकार सुशासनको पक्षमा नभएको बताउनुभएको छ । शनिबार कञ्चनपुरको पुनर्वासमा माओवादी केन्द्रले आयोजना गरेको भ्रष्टाचार विरुद्धको खबरदारी सभा सम्बोधन गर्दै सरकार सुशासनको पक्षमा नभएको बताएका हुन् ।

‘यो सरकार सुशासनको पक्षमा छैन, आफ्ना भ्रष्टाचारी मान्छे जोगाउन उद्यत् छ, ‘प्रचण्डले भने, ‘बिचौलियाको पक्षमा मात्रै काम गरिरहेको छ, जनता सरकारप्रति निरास छन्।’ प्रचण्डले माओवादी नेतृत्वको सरकारले सुशासन र भ्रष्टाचार विरुद्धमा गतिविधि अघि बढाएपछि अत्तालिएर सरकार ढलाउने केन्द्रित रहेको बताएका छन । ‘मेरो नेतृत्वको सरकारले राष्ट्रिय रुपमा भ्रष्टाचार विरुद्धको अभियान सञ्चालन गरेको थियो, ‘उनले भने, ‘दलका ठूला नेता एव ठूला कर्मचारी परेपछि सरकार ढालियो ।’ माओवादीले अघि सारेको सुशासनको अभियान सञ्चालन गरेको देखाएर विचौलिया अत्तालिएको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूले चिन, भारतमा भ्रमण गर्दा नेपालको हितका क्षेत्रमा काम गरेको बताउँदै उनले नेपाल भारत र चीनसँग विद्युत ब्यापार सम्झौता ऐतिहासिक भएको बताए । आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग कञ्चनपुर सहित दार्चुलाको लिपुलेकसम्मको सीमा समस्या बारे स्पष्ट कुरा राखेको बताए । प्रचण्डले आफूले तीन पटक सरकारको नेतृत्व गर्दा सुप प्रदेशमा गौरवका आयोजना सञ्चालन गरेको बताए ।

उनले दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माण, सुप विश्वविद्यालय निर्माण, गेटा अस्पताल, गोकुलेश्वर कृषि क्याम्पस, धनगढी क्रिकेट फापला मैदान निर्माण सहितका योजना अघि बढेको बताए । प्रचण्डले माओवादी केन्द्रले सरकारको नेतृत्व लिर थप भ्रष्टाचार विरुद्धमा अभियान छेडने बताए ।

Mahakali Polytechnic

माओवादीले सरकारको नेतृत्व गरेर गिरीबन्धु, वाईडबडी, ओ्म्नी सबै भ्रष्टाचार काण्डका फाइल खोल्ने बताए । वर्तमान सरकार भ्रष्टाचारमा लिप्त् भएकाले देशभर माओवादीप्रति जनलहर बढेको बताए । प्रचण्डले आगामी ०८४ को निर्वाचनमा माओवादी १ नम्बर पाटी बन्ने समेत घोषणा गरेका छन ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds