Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महाकाली पुल तटबन्ध भत्किएको पाँच महिना, पुर्ननिर्माण भएन : विपद्को जोखिम बढ्दै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १८, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुर स्थित महाकाली नदीमाथि निर्माण भएको चार लेन पक्की पुल क्षेत्रको गाइडबण्ड (तटबन्ध) भत्किएको पाँच महिना बितिसक्दा पनि अझै पुर्ननिर्माण भएको छैन् । गत भदौ तेस्रो साता महाकाली नदीमा आएको बाढीले चारलेन पुल क्षेत्रमा निर्माण भएको ३ सय मिटर गाइडबण्ड (तटबन्ध) भत्किएको थियो । तटबन्ध भत्किएको पाँच महिना बितिसक्दा पनि हालसम्म पुर्ननिर्माण भएको छैन् ।

वर्षात आउन अब पाँच महिना मात्रै बाँकी रहँदा भत्किएको तटबन्ध पनि पुर्ननिर्माणको सुरसार छैन् । आउँदो बैशाखभित्रै तटबन्ध पुर्ननिर्माण नभए थप विपद् जोखिम निम्तिने देखिएको छ । महाकाली पुलको उत्तर पुर्व तर्फको क्षेत्रमा निर्माण भएको पोखरीको गाइडबण्ड पुर्ननिर्माण नहुँदा पुल क्षेत्रका संरचना मात्रै नभई पहुँच मार्ग भत्काएर सिङ्गै महाकाली नदी गाउँ पस्ने जोखिम बढेको छ । यस अघि ०७८ साल महाकालीमा आएको बाढीले भीमदत्त नगरपालिका १२ ऐरीओदाली क्षेत्रमा पहुँच मार्ग नै भत्काएर नदी गाउँ पसेको थियो ।

तीन वर्ष अघि पुल पहुँचमार्ग भत्किएर गाउँ नदी गाउँपसेपछि भीनपा ११, १२ र १३ नम्बर वडा डुबानमा परेका थिए । गत भदौको ४ लाख ६१ हजार क्युसेक पानीको बाढीले गाइडबण्ड (तटबन्ध) भत्किएपछि पहुँचमार्गमा क्षति भएन ।तर, समयमै पुर्ननिर्माण नहुँदा विपद् जोखिम बढिरहेको छ । स्थानीयले यस वर्षपनि समयमै गाइडबण्ड निर्माणको माग अघि सारेका छन । विपद् जोखिममा परेका भीनपा ११, १२ र १३ वडाका जनप्रतिनिधि एव स्थानीयले समयमै भुजेला खोलाको निकासदेखि भत्किएको तटबन्ध निर्माणमा जोड दिएका छन् । 

भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकाश थापाले महाकाली नदी भुजेला खोलामा उल्टिएर आउने भएपछि भीमदत्त नगरका तीन वडा डुबानमा पर्दै आएको बताए । ‘यो भुजेला खोलाको निकास महाकाली नदीको समानान्तर रुपमा बगाउनुपर्छ, ‘उनले भने, ‘एकातिर निकास अर्कातिर तटबन्ध निर्माण गर्नुपर्छ ।’ भीनपा १२ का वडाध्यक्ष भुपेन्द्र रावलले वर्ष अगावै भत्किएको गाइडबण्ड निर्माण नभए थप जोखिम निम्तिने बताए । ‘गत भदौँमा भत्किएको गाइडबण्ड अहिलेसम्म पुर्ननिर्माण भएको छैन्, ‘उनले भने, ‘हामी फेरिपनि जोखिममा पर्ने खतरा छ, उतिबेला पनि हामीहरू डुबानको चपेटामा परेका थियौँ ।’

भीनपा १३ का वडाध्यक्ष राम बहादुर बोहरा (झक्कास) ले बर्सातका बेला फेरी महाकालीको भेल गाउँ पस्ने भएकाले बाढीबाट बाँच्नका लागि समेत यथाशीघ्र काम बढाउनुपर्नेमा जोड दिए । चारलेन पुल निर्माण कम्पनी कुमार सिएफईसी जोईन्ट भेन्चरले सरकारले चौथो भेरिएन बारे समयमै निर्णय दिन नसकेको भन्दै बुधबारदेखि महाकाली पुल वारिपारि सडक खनेर पहुँच मार्ग अवरोध गरेको छ । पुलको दुवैतर्फ खन्दा एकतर्फ सडक बन्द भएको अर्कातिर सुचारु भएको छ । चौथो भेरिएसन स्वीकृत नहुँदा समेत अतिरिक्त काम रोकिएको भन्दै यातायात नै अवरुद्ध गरेर सरकारलाई दवाव दिन साँकेतिक सडक अवरोध गर्न खोजेको निर्माण कम्पनीले जनाएको छ । 

कुमार सिएफईसी जोईन्ट भेन्चरका परियोजना व्यवस्थापक ईन्जिनियर किशोर पाण्डेयले तटबन्ध पुर्ननिर्माण बारे भेरिएसनको प्रतिवेदन स्वीकृत हुन नसक्दा काम हुन नसकेको बताए । ‘०७८ सालमा गाइडबण्ड थिएन, नदीले सिधै पहुँच मार्ग भत्काईदियो, ‘उनले भने, ‘महकाली नदी पुर्वतिर भएर बग्दा तटबन्ध भत्किएको हो ।’ तटबन्ध पुर्ननिर्माणका लागि झण्डै ४ महिना लाग्ने भएकाले अहिले सम्म भेरिएसन स्वीकृत नहुँदा हामीहरुपनि अन्यौलमा परेको उनले बताए । ‘समयमै तटबन्ध निर्माण नहुँदा आउँदो बर्षातमा थप जोखिम निम्तिनेछ, ‘उनले भने, ‘यसमा सरकार समयमै गम्भिर हुनुपर्छ ।’ गड्डाचौकी स्थित स्थानीयले सडक अवरोध गरेपछि दवाव दिनका लागि सडक बन्द गर्न खोजेको बताए । ‘गड्डाचौकीमा पहुँच मार्गको बेस निर्माण भईसकेको छ, तर स्थानीयले अवरोध गरेपछि हामीले कालोपत्रे गर्न सकेका छैनौँ, ‘उनले भने, ‘हामीले काम कसरी गर्ने ?, यहाँबाट पठाएको चौथो भेरिएसन पनि स्वीकृत भएको छैन, त्यो नहुँदा गत भदौमा आएको बाढीले भत्काएको गाइडबण्ड पुर्ननिर्माण गर्न सकेका छैनौँ ।’ पहिलो पटक हामीले साँकेतिक सडक खनेर आवत जावत बन्द गर्न खोजेको ईन्जिनियर पाण्डेयले बताए । 

थप क्षति रोक्नका लागि समयमै तटबन्ध निर्माण सहितका काम अघि बढाउनुपर्ने बताए । हालसम्म गरेको कामको पनि झण्डै २२ करोड भुक्तानी नपाएको र भेरियसन नभएको कारण पनि ९करोड भन्दा बढीको प्रमाणित क्षतिपूर्ति समेत नपाएको बताए । महाकाली पुल योजना कार्यालयका सहायक सुचना अधिकारी सव ईन्जिनियर दुर्गादत्त अवस्थीले समयमै भत्किएको गाइडबण्ड पुर्ननिर्माण नभए आउँदो बर्षातमा थप जोखिम निम्तिने बताए । उनले योजना कार्यालयबाट भेरिएसन स्वीकृतका लागि विभाग हुँदै मन्त्रालय पुगेको र सचिवले स्वीकृत गरेर मन्त्रीको टेबुलमा बसेको बताए ।

तटबन्ध निर्माणका साथै गड्डाचौकीको अवरोध खुलाउने प्रयास नएर १३ करोड रकम फ्रिज जाने बताए । उनले निर्माण कम्पनीले गड्डाचौकी क्षेत्रमा अवरोध बारे कार्यालयलाई जानकारी गराएसंगै अवरोध खुलाउन कार्यालयले सम्बन्धीत व्यक्ति, निकायसंग पहल गर्ने बताए । ‘गड्डाचौकीमा उत्पन्न अवरोध बारे दुई चरणमा छलफल पनि भयो, स्थानीय सहित जनप्रतिनिधीको रहोबरमा वार्ता भयो, तर निष्कर्षमा पुगेन, ‘उनले भने, ‘यस्तो द्वन्द्वको अवस्थामा निर्माण कम्पनीले काम गर्न सक्दैन, भनेपछि काम रोकिएको छ, ०२२ जुलाईमा संशोधिन डिजायन नक्सा अनुरुप काम भईरहेको छ,र सडक कालोपत्रे सम्बन्धी ९८ प्रतिशत काम भएको, काम गर्न नदिएपनि उक्त २सय मिटर छाडेरै भएपनि ठेक्का फरफारक गर्नुपर्ने बाध्यता आउन सक्छ ।’ उनले यो अवरोध सडक छाडेरै भएपनि पुल निर्माण कार्य सम्पन्न गरेर फरफारक गर्नुपर्ने अवस्था सृजना भएकाले सरोकारवाला गम्भिर हुनुपर्ने बताए । ‘यो हाम्रो प्रदेशकै गौरबको योजना हो, यसमा सबैले आ–आफ्नो स्थानबाट साथ सर्मथन सहयोग गर्नुपर्छ, अवरोध होईन सहयोग सघाउनुपर्छ, योजनाको पुरै निर्माण कार्य सम्पन्न गर्न हामी सबै जिम्मेबार बन्नुपर्छ ।’ उनले गड्डाचौकी खण्डको डिजायन परिर्वतन नहुने जिकिर गर्दै नक्सा परिर्वतनका ठुलो समय लाग्ने भएकाले र महाकाली पुलको समय समेत कम भएकाले साविक डिजायन अनुरुप काम हुनुको विकल्प नभएको बताए । 

०७४ देखि कुमार श्रेष्ठ सिएफईसी जेभीले ३अर्ब, ६६करोड ५लाख, ६६ हजार रुपैयामा पुल निर्माणको जिम्मा पाएको हाल ९५ प्रतिशत काम सम्पन्न भएको छ । ४ पुष ०८१ मा निर्माण कम्पनी कुमार सिएफईसी जोईन्ट भेन्चरले महाकाली पुल योजना कार्यालय महेन्द्रनगरलाई पत्र काट्दै गड्डाचौकीको बाधा अडचन नखुले पुल बन्द गर्न चेतावनी दिएको थियो । त्यसपछि ९ पुष ०८१ मा महाकाली पुल योजना कार्यालयले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई पत्र पठाउँदै गड्डाचौकीमा सडक अवरोध भएकाले सहजिकरणका लागि पत्राचार गरिएको थियो ।

आयोजना प्रमुख ई विवश बाबु सहादेवले हस्ताक्षर गरेको पत्रमा गड्डाचौकीदेखि दक्षिण २ सय मिटर निर्माण कार्य शुरु गर्दा अवरोध गरिएकाले आवश्यक सहयोग र सहजिकरण गरिदिन अनुरोध गरिएको छ । गौरबकै आयोजना सम्पन्न गराउनका लागि सरकार जिम्मेबार बन्नुपर्ने स्थानीयको भनाई छ । महाकाली तटिय क्षेत्रका स्थानीयले समयमै तटबन्ध निर्माण नभए आन्दोलनको चेतावनी दिएका छन् । 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन
कन्चनपुर

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व