Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आज प्रचण्ड पुर्नवास आउँदै, भ्रष्टाचार विरुद्धको खबरदारी सभा सम्बोधन गर्ने 

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस १३, २०८१
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष एव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) कञ्चनपुर आउँदैछन् । शनिबार पुनर्वास नगरपालिका ६ प्रतिभानगरमा हुने खबरदारी सभा सम्बोधनका लागि पूर्व प्रधानमन्त्री प्रचण्ड पुनर्वास आउन लागेका हुन् । 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुप प्रदेश सभा सांसद ओम विक्रम भाट (सरल) ले पाटीले आयोजना गर्न लागेको भ्रष्टाचार र बेथिति विरुद्धको सभा सम्बोधनका लागि प्रचण्ड पुर्नवास आउन लागेको बताए । दिउँसो हुने सभालाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए । 

वर्तमान काँग्रेस, एमाले सम्मिलित सरकारले सुशासन भन्दा आफ्ना भ्रष्टाचारीलाई जोगाउने विपक्षी दलका नेता कार्यकर्तामाथि झुटा मुद्दा लगाउने प्रवृत्ति हावी भएको भन्दै माओवादीले सीमावर्ती कञ्चनपुरको पुर्नवासमा खबरदारी सभा गर्न लागेको छ । 

सभाको सम्पूर्ण तयारी पुरा भएको माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेम पाण्डेयले बताए । उनका अनुसार मञ्च व्यवस्थादेखिका आवश्यक सबै तयारी पुरा भएको छ । उनका अनुसार सभा सम्बोधन पूर्व नै पाट अध्यक्ष प्रचण्डले भारतीय पक्षबाट अतिक्रमणको कुचेष्टा गरिरहेको नेपाली प्यारातालको स्थलगत अनुगमन गर्ने कार्यक्रम तय गरिएको छ । यसका साथै कैलालीमा तस्कर समुहबाट मारिएका प्रहरीका असई गोविन्दको घर परिवारसँग भेटघाटदेखि सहिद गोविन्द गौतमको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । 

माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले पाटी अध्यक्ष पुर्नवास आउने भएपछि यहाँका सीमा समस्यादेखिका विविध विषयमा समस्या समाधानका लागि पाटीले समेत ध्यानाकर्षण गराउने बताए । नेता लम्सालले सीमावर्ती प्याराताल सहितका स्थानको स्थलगत अनुगमन, सहिद गोविन्द गौतमको सालिकमा माल्यार्पण गराउने बताए ।  

माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरीराजमणि पोखरेलले खबरदारी सभाको तयारी पुरै भएको बताए । प्रदेश इन्चार्ज पोखरेलले सरकारका गलत कामकारवाहीलाई जनतासमक्ष पुर्याउन खबरदारी सभा गर्न लागिएको बताए ।

पोखरेलले भ्रष्टाचार र बेथितिविरुद्ध माओवादीले खबरदारी सभाहरू गरिरहेको बताउँदै काठमाडौँबाट सुरु भएको खबरदारीलाई तलसम्मै लैजान लागिएको उनको भनाइ थियो । ‘हाम्रो पार्टीका अध्यक्ष प्रचण्डले सुशासन, समृद्धि र सामाजिक न्याय सहित १८ महिनाको नेतृत्व गर्नुभयो’ पोखरेलले भने, ‘अर्को सरकार आएपछि मुलुकलाई जुन दिशामा लैजान खोजिएको छ त्यसबारे जनतालाई जानकारी गराउँछौँ ।’ प्रचण्ड नेतृत्वले खोलेका भ्रष्टाचार फाइलहरू अहिलेको सरकारले थन्क्याएर राखेको उनले बताए । ‘अघिल्लो सरकारमा भ्रष्टाचारविरुद्ध एकपछि अर्को फाइल खोलिएका थिए’ पोखरेले भने, ‘अहिले कुन कुनामा ती अड्किएका छन् । यहाँहरुलाई थाहै छ ।’

  पोखरेलले संविधान संशोधनको सबैभन्दा बढी पक्षमा माओवादी रहेको दावी गर्दै संविधानका उपलब्धी कमजोर पार्ने गरी हुने संशोधन भने स्विकार्य नहुने बताए । ‘संविधान बनाउँदा नै आफ्ना असहमति राखेर हामी अगाडि बढेका हौँ । कोही संविधान संशोधनको पक्षमा छ भने सबैभन्दा बढी हाम्रो पार्टी छ’ उनले भने, ‘हामी शासकीय स्वरुपको यो मोडेल बदल्न चाहन्छौँ । हामी निर्वाचन प्रणाली बदल्न चाहन्छौँ ।’

 संविधान संशोधनबारे प्रतिपक्षले हालसम्म कुनै संवाद नगरेकोमा उनले असन्तुष्टि जनाए । ऐननिर्माण आदि दश वर्षभित्र गरिसक्नुपर्ने काम पुरा गरेरमात्र संविधान संशोधनको कुरा गर्नु जायज हुने उनको तर्क थियो । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सरकारले निहुँ खोजिरहेको विषयलाई माओवादीले सुक्ष्मरुपमा हेरिरहेको उनले बताए । कार्यक्रममा हजारौँ नागरिक आउने जनाईएको छ । सभालाई भब्य र सभ्य बनाउन नेकपा माओवादी कञ्चनपुर संयोजक खेमराज पाण्डेयको संयोजकत्वमा ७० सदस्यीय उप समिति गठन गरिएको छ । 

माओवादी कचनपुरका इन्चार्ज टेकेन्द्र प्रसाद भट्ट (बिक्रम) संयोजकत्वमा ११ सदस्यीय मुलपरिचालन उपसमिति गठन गरिएको छ भने भट्टकै संयोजकत्वमा ८ सदस्यीय जनपरिचालन उपसमिति गठन गरिएको छ । माओवादी नेता बिरबल बिस्वकर्माको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ । नेतन देवकरको संयोजकत्वमा ७ सदस्यीय मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ । माओवादी नेतृ माया नेगिको संयोजकत्वमा १२ सदस्यीय यातायात व्यवस्थापन उपसमिति गठन गरिएको छ । 

माओवादी केन्द्रीप सदस्य ओम बिक्रम भाट (सरल) संयोजकत्वमा ३ सदस्यीय प्रचारप्रसार उप समिति गठन गरिएको छ । अर्का केन्द्रीय सदस्य गोविन्द बिकको संयोजकत्वमा ७ सदस्यीय सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमिति गठन गरिएको छ । कञ्चनपुरकी माओवादी नेतृ दिपा चौधरीको संयोजकत्वमा ७ सदस्यीय सांस्कृतिक परिचालन उपसमिति गठन गरिएको छ । केन्द्रीय सदस्य लोकेन्द्र लम्सालको संयोजकत्वमा १० सदस्यीय अतिथि स्वागत तथा सत्कार उपसमिति गठन गरिएको छ । केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य देवीलाल चौधरीको संयोजकत्वमा ९ सदस्यीय एकता धुव्रीकरण्उा समायोजन उपसमिति गठन गरिएको छ । पाटी अध्यक्ष प्रंचण्ड जिल्लाको सीमावर्ती पुनर्वास नगरपालिका आउने भएपछि माओवादी केन्द्रका नेता कार्यकर्ता पुनर्वास क्षेत्रमा सकृयतापुर्वक खटिएका छन । खबरदारी सभा सफल पार्नका लागि स्थानीयदेखि केन्द्रीय स्तरका नेता कार्यकर्ताहरु अहिले सकृयतापुर्वक खटिएको माओवादी कञ्चनपुरले जनाएको छ । भने, नेता कार्यकर्ताहरु पनि बिहानैदेखि कार्यक्रम स्थलकालागि गईरहेका छन। 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र
राजनीति

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण
राजनीति

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू
राजनीति

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चयनका लागि मतदानको तयारी शुरू

असार १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिँदै वेदकोटले ल्यायो १ अर्ब ३ करोड बढीको बजेट  

असार १०, २०८३
रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

रास्वपा महाधिवेशन : चुनावी सरगर्मीसँगै प्रचारप्रसार तीव्र

असार १०, २०८३
मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई उद्योग परिसङ्घकाे सुझाव

असार १०, २०८३
महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

महाधिवेशन समय बढेपछि प्रतिनिधिसभा बैठक स्थगित, पर्सिका लागि निर्धारण

असार १०, २०८३
अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

अमेरिकामा पुर्‍याइएका नेपालका दुई ऐतिहासिक मूर्ति पुनः नेपाललाई फिर्ता

असार १०, २०८३
विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

विश्वकप २०२६ : नेयमार स्कटल्यान्डविरुद्ध ९० मिनेट पूरा खेल्ने तयारीमा

असार १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व